Aadarsh-Daily

पर्सा–२ मा एमाले उम्मेदवार रिमा यादवको घरदैलो अभियान तीव्र, शिक्षा–स्वास्थ्य–कृषिलाई विकासको प्राथमिकता घोषणा

ad-4p
content left

वीरगन्ज, ८ फागुन । पर्सा निर्वाचन क्षेत्र नम्बर–२ की नेकपा एमाले उम्मेदवार रिमा यादव ले आफ्नो चुनावी अभियानअन्तर्गत शुक्रबार पनि घरदैलो कार्यक्रमलाई निरन्तरता दिएकी छन्।

घरदैलो कार्यक्रमअन्तर्गत उम्मेदवार यादवले पर्सागढी नगरपालिका वडा नम्बर–५ अन्तर्गत बहुअर्वा र हर्दियाका विभिन्न टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरिन्। भेटघाटका क्रममा उनले स्थानीयवासीका गुनासा, समस्या तथा सुझावहरू ध्यानपूर्वक सुन्दै क्षेत्रको समग्र विकासका लागि स्पष्ट दृष्टिकोण प्रस्तुत गरिन्।

उम्मेदवार यादवले शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रलाई विकासको मुख्य आधारका रूपमा अघि बढाउनुपर्ने आवश्यकता औंल्याउँदै गुणस्तरीय शिक्षा, सहज र सुलभ स्वास्थ्य सेवा तथा आधुनिक कृषि प्रणालीमार्फत स्थानीय जनताको जीवनस्तर उकास्ने प्रतिबद्धता व्यक्त गरिन्।

कार्यक्रममा गोकर्ण पाठक, सिंघासन साह तथा पूर्व वडा अध्यक्ष असलम आलम लगायतले सम्बोधन गर्दै संगठन सुदृढीकरण र विकास निर्माणका लागि सबै एकजुट भएर अघि बढ्नुपर्ने धारणा राखेका थिए।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दा, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। स्थानीय तहमा सक्रिय अभियानका कारण पर्सा–२ मा एमालेको चुनावी माहोल थप सशक्त बन्दै गएको देखिएको छ।

content ad p2

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily