Aadarsh-Daily

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

ad-4p

वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिका वडा नम्बर–४ बाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ।

content ad p2
content left

विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी को इलाका प्रहरी कार्यालय पटेर्वासुगौली को संयुक्त टोलीले लु १ त ५७१४ नम्बरको सोनालिका ट्र्याक्टर जाँच गर्ने क्रममा २ क्विन्टल १३ किलो गाँजा लुकाइछिपाइ ओसारपसार गर्दै गरेको अवस्थामा बरामद गरेको हो।

प्रहरीका अनुसार ट्र्याक्टर रोकेर जाँच गर्ने क्रममा चालकसहित गाँजा तस्करहरू प्रहरीलाई देखेपछि फरार भएका थिए।

बरामद गरिएको गाँजा आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सा मा बुझाइएको छ। ट्र्याक्टर कसको हो तथा गाँजा कसले ओसारपसार गरिरहेको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय पटेर्वासुगौलीका प्रहरी निरीक्षक समुन्नत अधिकारी ले जानकारी दिएका छन्।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily