Aadarsh-Daily

कुमार पौडेल हत्या प्रकरण: बादल र पूर्व आईजीपी खनालमाथि अनुसन्धान गर्न सर्वोच्चको आदेश

ad-4p

काठमाडौं । सर्लाहीमा विप्लव समूहका नेता कुमार पौडेलको हत्या प्रकरणमा अनुसन्धान गर्न सर्वोच्च अदालतले आदेश दिएको छ।

content ad p2

न्यायाधीश डा. मनोजकुमार शर्मा र श्रीकान्त पौडेलको इजलासले करिब पाँच वर्षपछि उक्त घटनामा अनुसन्धान अघि बढाउन बिहीबार आदेश जारी गरेको हो। सर्वोच्चको आदेशसँगै तत्कालीन गृहमन्त्री रामबहादुर थापा (बादल), तत्कालीन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तथा अन्य प्रहरी अधिकारीहरूमाथि परेको किटानी जाहेरीमाथि अनुसन्धान गर्नुपर्ने भएको छ।

कुमार पौडेलको हत्या भएपछि उनकी आमा दुर्गादेवी पौडेलले घटनामा संलग्न व्यक्तिहरूमाथि कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय सर्लाहीमा किटानी जाहेरी दर्ता गराउन खोजेकी थिइन्। तर प्रहरीले जाहेरी दर्ता नगरेपछि उनले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन्।

content left

सर्वोच्च अदालतको आदेशसँगै जिल्ला सरकारी वकिल कार्यालय सर्लाहीमा पेश भएको उक्त जाहेरीमाथि अब अनुसन्धान प्रक्रिया अघि बढ्ने भएको छ। घटनामा तत्कालीन प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर राउत, सर्लाहीका तत्कालीन प्रहरी प्रमुख एसपी गोपाल भट्टराई, प्रदेश प्रहरी प्रमुख डिआईजी हरीबहादुर पाल, इलाका प्रहरी कार्यालय लालबन्दीका इन्सपेक्टर किरणप्रसाद न्यौपाने लगायत विरुद्ध पनि उजुरी परेको छ।

२०७६ साल असार ५ गते सर्लाहीको लालबन्दी नजिक लखन्देही जंगल क्षेत्रमा प्रहरीले गोली चलाउँदा विप्लव समूहका स्थानीय नेता कुमार पौडेलको मृत्यु भएको थियो। प्रहरीले उक्त घटना ‘दोहोरो मुठभेड’ भएको दाबी गरे पनि मानव अधिकार आयोगको प्रतिवेदनले उनलाई नियन्त्रणमा लिएपछि गोली हानेर हत्या गरिएको निष्कर्ष निकालेको थियो।

मानव अधिकार आयोगले घटनामा संलग्न प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साह तथा अन्य प्रहरीमाथि फौजदारी मुद्दा चलाउन सिफारिस समेत गरेको थियो।

सर्वोच्च अदालतको आदेशपछि अब उक्त घटनाबारे विस्तृत छानबिन गरी संलग्न व्यक्तिमाथि कानुनी प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर

भारतीय सहयोगमा पर्साको महोबनी पदम माविमा नयाँ भवन निर्माण सुरु

Aadarsh Daily

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily