Aadarsh-Daily

एमविविएस ठगी प्रकरणमा पक्राउ परेका दिपक कुमार साह बालेन सरकारमा श्रममन्त्री

ad-4p

काठमाडौं । जेनजी आन्दोलनपछि सुशासनको नारा लिएर गठन भएको नयाँ सरकारमा श्रममन्त्री बनेका दिपक कुमार साह विगतमा ठगी प्रकरणमा पक्राउ परेका व्यक्ति हुन्। उनी एमविविएस परीक्षा पास गराईदिने भनी ठगी गरेको आरोपमा पहिलेदेखि विवादित छन्।

content ad p2

स्रोतका अनुसार साहले आफुलाई चिकित्सक भनेर पीडितलाई विश्वास दिलाएका थिए। काठमाडौँको वल्र्ड वाइड कन्सल्टेन्सी मार्फत उनले विभिन्न व्यक्तिबाट पैसा लिएर परीक्षा पास गराइदिने आश्वासन दिएका थिए। तर, काम सम्पन्न नहुने भएपछि पीडितले महानगरीय अपराध अनुसन्धान महाशाखामा निवेदन दिएका थिए।

content left

साहसँगै सिन्धुली–९ का गणेश अधिकारी पनि पक्राउ परेका थिए। प्रहरी अनुसन्धानले पुष्टि गरेको छ कि साह वास्तविक डाक्टर नभएको हुनाले ठगी गरेको थियो।

अब, विवादास्पद पृष्ठभूमि रहेका साह बालेन नेतृत्वको सरकारमा श्रममन्त्री बनेको खबरले नयाँ सरकारलाई सुरुमै आलोचनाको सामना गर्नुपर्ने देखिएको छ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily