Aadarsh-Daily

केपी शर्मा ओली र रमेश लेखक आज अदालतमा पेस हुँदै

ad-4p

काठमाडौँ । शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखक लाई प्रहरीले आज (आइतबार) जिल्ला अदालत काठमाडौँमा पेस गर्ने भएको छ । अदालत बिदा परेकाले उनीहरूलाई आइतबार मात्रै अदालत लगिएको हो ।

content ad p2
content left

जेनजी आन्दोलन प्रकरणमा अनुसन्धानका लागि प्रहरीले २४ दिनसम्म थुनामा राख्न अनुमति माग्ने तयारी गरेको छ । त्यसका लागि अदालतको स्वीकृति आवश्यक हुनेछ ।

पक्राउपछि ओली अस्पतालमा भर्ना भएका छन् भने लेखकलाई महाराजगञ्जस्थित प्रहरी हिरासतमा राखिएको छ । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगको प्रतिवेदन कार्यान्वयनका क्रममा उनीहरूलाई पक्राउ गरिएको हो ।

आयोगले जेनजी आन्दोलनका क्रममा भएको मृत्यु घटनामा लापरबाही देखिएको भन्दै तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री लेखक र पूर्व प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङविरुद्ध अनुसन्धान र अभियोजन सिफारिस गरेको थियो ।

सम्बन्धित खबर

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily