Aadarsh-Daily

बिचौलियाविरुद्ध प्रहरीको कडाइ, मधेसका विभिन्न जिल्लाबाट ३३ जना नियन्त्रणमा

ad-4p

मधेस प्रदेशका सरकारी कार्यालयहरूमा सेवाग्राहीलाई अनावश्यक झन्झटमा पार्दै आर्थिक शोषण गर्ने बिचौलियाविरुद्ध प्रहरीले कडा अभियान सञ्चालन गरेको छ। सोही अभियानअन्तर्गत हालसम्म ३३ जनालाई नियन्त्रणमा लिइएको मधेस प्रदेश प्रहरी कार्यालय ले जनाएको छ।

content ad p2

प्रहरीको मिडिया समन्वय शाखाद्वारा जारी विज्ञप्तिअनुसार ‘छिटो काम गराइदिने’ बहानामा सेवाग्राहीसँग अवैध रूपमा अतिरिक्त रकम असुल्ने तथा सेवा प्रक्रियामा अवरोध गर्ने व्यक्तिहरूमाथि कारबाही गरिएको हो।

content left

प्रहरीले पर्सा, रौतहट, सर्लाही, धनुषामहोत्तरी लगायत जिल्लाका सरकारी कार्यालय वरपर सक्रिय बिचौलियामाथि निगरानी बढाएको छ।

प्रहरीका अनुसार पर्साको यातायात व्यवस्था कार्यालय (४), पोखरिया मालपोत (३), गौर मालपोत (५), चन्द्रपुर मालपोत (२), सर्लाही ट्रायल सेन्टर (२), मलङ्गवा मालपोत (१) तथा धनुषा र महोत्तरीका विभिन्न कार्यालयबाट ४/४ जनालाई नियन्त्रणमा लिइएको हो।

नियन्त्रणमा परेकाहरू माथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, यस्ता अवैध गतिविधिमा संलग्न अन्य व्यक्तिहरूको खोजी जारी रहेको र संलग्न सबैलाई कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिइएको छ।

प्रहरीले सेवाग्राहीलाई कुनै पनि बिचौलियाको प्रभावमा नपर्न र शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालय वा १०० नम्बरमा खबर गर्न आग्रह गरेको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily