
प्रधानमन्त्री बालेन्द्र शाहले आज सातै प्रदेशका मुख्यमन्त्रीसँग महत्त्वपूर्ण छलफल गर्दै हुनुहुन्छ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार कार्यभार सम्हालेपछि पहिलो पटक हुन लागेको यो बैठक दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ।

छलफलमा सङ्घ–प्रदेश समन्वय सुदृढ बनाउने, विकास निर्माणका कामलाई तीव्रता दिने, स्रोतसाधनको बाँडफाँट र प्रदेशका प्रशासनिक तथा आर्थिक समस्याको समाधानबारे केन्द्रित रहने जनाइएको छ।
साथै राष्ट्रिय प्राथमिकताका योजनाको प्रभावकारी कार्यान्वयन, सेवा प्रवाह सुधार, सुशासन कायम र वर्तमान आर्थिक अवस्थाबारे साझा समझदारी निर्माण गर्ने विषय पनि एजेण्डामा रहनेछ।
सङ्घीयता कार्यान्वयनलाई प्रभावकारी बनाउँदै नागरिकलाई प्रत्यक्ष लाभ पुर्याउने दिशामा यो छलफल महत्त्वपूर्ण मानिएको छ।

