
पर्सामा भएको सवारी दुर्घटनामा परी श्रीमतीको मृत्यु भएको छ भने श्रीमान गम्भीर घाइते भएका छन्।
शुक्रबार साँझ करिब ६ बजे वीरगंज–२२ परवानीपुरमा एकै दिशातर्फ गइरहेको ना ४१ प १६६१ नम्बरको मोटरसाइकललाई बी.आर ०६ जिडी ४९११ नम्बरको भारतीय ट्रकले ठक्कर दिएको हो।

दुर्घटनामा वीरगंज–२८ की मुर्ति देवी साहको मृत्यु भएको छ भने मोटरसाइकल चालक उनका श्रीमान राजेन्द्रलाल साह गम्भीर घाइते भएका छन्। घाइतेको काठमाण्डौस्थित बीएनबी हस्पिटलमा उपचार भइरहेको छ।
घटनापछि आक्रोशित परिवारले बिहान ७ बजेदेखि १० बजेसम्म सडक अवरुद्ध गर्दै चक्काजाम गरेका थिए। स्थानीय प्रशासनको पहलपछि पीडित पक्षलाई राहत र घाइतेको उपचार सुनिश्चित गर्ने आश्वासन दिइएपछि चक्काजाम खोलिएको हो।
प्रहरीले ट्रक र चालक भारत बिहार बेतियाका २२ वर्षीय नितेश पासवानलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान अघि बढाएको जनाएको छ।

