Aadarsh-Daily

वीरगञ्ज कलेजको बिदाई कार्यक्रममा सन्देश : सफलता कलेजले होइन, तपाईंले कमाउनु पर्छ’

ad-4p
content left

वीरगञ्ज, उच्च शिक्षा, आत्मअनुशासन र करियर निर्माणबारे केन्द्रित एक कार्यक्रममा वक्ताहरूले विद्यार्थीको सफलतामा कलेजभन्दा व्यक्तिगत मिहेनत, दृष्टिकोण र अनुशासन बढी महत्वपूर्ण हुने बताएका छन्।

कक्षा १२ को अन्तिम परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूको बिदाई कार्यक्रममा प्रमुख अतिथि प्रेम सिंह भट्टले BBA कार्यक्रमको पाठ्यक्रम अन्य विश्वविद्यालयहरूको तुलनामा प्रभावकारी रहेको बताए। उनले कलेजको सफल सञ्चालनका लागि विद्यार्थी र अभिभावकको अपनत्व, व्यवस्थापन समितिको सक्रियता तथा प्रशासनको प्रभावकारी भूमिका आवश्यक हुने उल्लेख गरे।

कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले कलेजमा मात्र निर्भर नहुन विद्यार्थीलाई सुझाव दिए। उनले कलेजको योगदान करिब ४० प्रतिशत मात्र हुने र बाँकी ६० प्रतिशत सफलता आफ्नै मेहनतमा निर्भर रहने बताए। ‘अर्जुनदृष्टि’का साथ अध्ययनमा केन्द्रित हुन र शिक्षालाई स्वरोजगार तथा व्यवसायसँग जोड्न उनले आग्रह गरे।

कलेजका अध्यक्ष डा. दिपेन्द्र चौधरीले परीक्षा अवधिमा अनुशासन कायम राख्न विशेष जोड दिए। उनले परीक्षा केन्द्रमा नियमको पूर्ण पालना गर्नुपर्ने र मोबाइलजस्ता निषेधित सामग्री भेटिए त्यसको जिम्मेवारी स्वयं विद्यार्थीले लिनुपर्ने स्पष्ट पारे।

नेपाल पत्रकार महासंघका केन्द्रीय लेखा समिति संयोजक केसी लामिछानेले विद्यार्थी जीवनलाई “काँचो माटो” सँग तुलना गर्दै कलेजले भविष्य निर्माणको आधार तयार गर्ने बताए। उनले वीरगञ्ज कलेज शिक्षाक्षेत्रमा उदाहरणीय संस्थाका रूपमा अघि बढिरहेको उल्लेख गरे।

कलेज प्रमुख विनोद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा श्याम बञ्जारा, नीरज पिठाकोटे मगरलगायतले पनि मन्तव्य व्यक्त गरेका थिए।

कार्यक्रममा व्यवस्थापन, कानुन र पत्रकारिता अध्ययनको महत्वबारे समेत चर्चा गरिएको थियो। सहभागीहरूले कार्यक्रमले अध्ययनसँगै व्यावहारिक सीप, उद्यमशीलता र अनुशासनमा केन्द्रित हुन प्रेरित गरेको बताएका छन्। समारोहमा विद्यार्थीहरूले गीत–संगीतमार्फत मनोरञ्जनसमेत गरेका थिए।

content ad p2

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily