Aadarsh-Daily

रक्सौलबाट ल्याइएका अवैध ई–स्कुटरमाथि सशस्त्रको कडाइ, २२ थान नियन्त्रणमा

ad-4p

वीरगन्ज  : भारतको रक्सौल बजारबाट खरिद गरी भन्सार राजस्व नतिरी वीरगन्जमा प्रयोग हुँदै आएका २२ थान ईलेक्ट्रिक स्कुटर सशस्त्र प्रहरीले नियन्त्रणमा लिएको छ।

content ad p2
content left

सस्तोमा पाइने र सवारी चालक अनुमतिपत्र समेत आवश्यक नपर्ने भएकाले स्थानीयले ती स्कुटर भारतबाट ल्याएर प्रयोग गर्दै आएका थिए। तर राजस्व छल्दै खुला रूपमा प्रयोग हुन थालेपछि सशस्त्र प्रहरीले बिहीबारदेखि नियन्त्रण अभियान सुरु गरेको हो।

अभियानको पहिलो दिनमै वीरगन्ज–१६ स्थित मुख्य भन्सार नाकाबाट १४ थान, वीरगन्ज–२४ स्थित सिर्सिया नाकाबाट ७ थान र बिन्दवासिनी गाउँपालिका–५ स्थित प्रसौनिभाठा नाकाबाट १ थान गरी कुल २२ थान स्कुटर नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।

नियन्त्रणमा लिइएका स्कुटरहरूको करिब १७ लाख ३० हजार रुपैयाँ मूल्यांकन गरी आवश्यक कारबाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा बुझाइएको प्रहरीले जनाएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily