Aadarsh-Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

ad-4p

वीरगन्ज  : पर्सा जिल्लामा नेपाली कांग्रेसको ‘जरा अभियान’ ढिलाइका साथ सुरु भएको छ। पार्टीको केन्द्रीय निर्देशनअनुसार वैशाख १ गतेदेखि नै देशभर अभियान सञ्चालन हुनुपर्ने भए पनि पर्सामा भने शनिबारदेखि मात्रै औपचारिक सुरुवात गरिएको हो।

content ad p2

वीरगन्ज महानगरपालिका–२४ रामगढवास्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रममार्फत जिल्लामा ‘जरा अभियान’ सुरु गरिएको नेपाली कांग्रेस पर्साले जनाएको छ।

कांग्रेस पर्साका सभापति तथा मधेस प्रदेशका पूर्वमन्त्री जनार्दन सिंह क्षेत्रीको अध्यक्षता तथा पूर्वमन्त्री रमेश रिजालको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा पूर्वमन्त्रीहरू सुरेन्द्र चौधरी, अजय चौरसिया, मधेस प्रदेश सरकारका कृषिमन्त्री श्याम पटेल, पार्टीका जिल्ला सचिव एवं वीरगन्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, सहसचिव नवीन सिंहलगायत नेता–कार्यकर्ताहरूको सहभागिता रहेको थियो।

content left

पार्टी संगठनलाई सुदृढ र प्रभावकारी बनाउने उद्देश्यले कांग्रेसले ‘एक महिने जरा अभियान’ सञ्चालन गरेको हो। अभियानअन्तर्गत क्रियाशील सदस्यता अद्यावधिक, नयाँ सदस्यता वितरण तथा नागरिकसँग प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालन गरिनेछ। डिजिटल प्रणालीमार्फत सदस्यता अद्यावधिक गरी पार्टीलाई आधार तहसम्म पुनः सक्रिय बनाउने लक्ष्यसहित अभियान अघि बढाइएको जनाइएको छ।

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलका अनुसार वैशाख १ गतेदेखि मसान्तसम्म देशभर क्रियाशील सदस्यता अभियान सञ्चालन भइरहेको छ। यसका लागि जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिलाई प्राविधिक प्रशिक्षण दिइनुका साथै अतिरिक्त प्राविधिक टोलीसमेत परिचालन गरिएको छ।

उनका अनुसार ‘जरा अभियान’ को मर्म पार्टीलाई पुनः आधार तहसम्म मजबुत बनाउनु हो। “जरा भनेको रुखको आधार हो, अब जरामै पुगेर काम गर्नुपर्छ,” उनले भने, “सदस्यता अद्यावधिक गर्न सम्बन्धित स्थानमै पुग्नुपर्ने व्यवस्था गरिएको छ।”

हाल नेपाली कांग्रेसका ८ लाख ६३ हजार क्रियाशील सदस्य रहेका छन्। तीमध्ये करिब एक लाख सदस्यको फोन नम्बर अभिलेखमा नभएको तथा धेरै नम्बर त्रुटिपूर्ण वा दोहोरिएको पाइएको छ। अद्यावधिक प्रक्रियामा सदस्यको फोटो अनिवार्य खिचिने र मोबाइल नम्बर अद्यावधिक गर्नुपर्ने व्यवस्था गरिएको छ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily