Aadarsh-Daily

निर्वाचन आयोगविरुद्ध प्रदर्शनको तयारी, ध्रुव राठीसहितका व्यक्ति हिरासतमा

ad-4p

भारतमा निर्वाचन आयोगविरुद्ध प्रदर्शनको तयारी भइरहेका बेला युट्युबर ध्रुव राठी र कक्रोच जनता पार्टी (सीजेपी) की कानुनी मामिला प्रमुख रत्ना सिंह हिरासतमा परेको समाचार सार्वजनिक भएको छ।

content ad p2
content left

भारतीय सञ्चारमाध्यमका अनुसार राठीलाई गुरुग्रामबाट नियन्त्रणमा लिइएको थियो। वकिलहरूको बैठकमा सहभागी हुन जाँदै गरेकी सिंहलाई बाटोमै प्रहरीले हिरासतमा लिएको बताइएको छ।

निर्वाचन नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताको नाम हटाइएको आरोप लगाउँदै सीजेपीसहितका समूहले नयाँ दिल्लीमा प्रदर्शन गर्ने तयारी गरेका थिए। प्रदर्शनकारीले निर्वाचन आयोगको कामकारबाहीमाथि प्रश्न उठाउँदै मुख्य निर्वाचन आयुक्तको राजीनामासमेत माग गरेका छन्।

प्रदर्शनकारीहरूले करिब १३ करोड मतदाताको नाम हटाइएको दाबी गरेका छन्। उक्त दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ। घटनाबारे भारतीय अधिकारीहरूको आधिकारिक प्रतिक्रिया र हिरासतमा लिइएकाहरूलाई लगाइएको आरोपबारे थप विवरण सार्वजनिक हुन बाँकी छ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily