
नेकपा एमालेले १५ बुँदे सहमति कार्यान्वयन नभएको भन्दै मधेस प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। एमालेको निर्णयसँगै पार्टीबाट सरकारमा सहभागी चार मन्त्रीले पनि पदबाट राजीनामा दिएका छन्।

मुख्यमन्त्री कृष्णप्रसाद यादव नेतृत्वको प्रदेश सरकारसँग भएको सहमति कार्यान्वयन नभएको निष्कर्ष निकाल्दै एमालेले समर्थन फिर्ता लिने निर्णय गरेको हो।
राजीनामा दिनेमा भौतिक पूर्वाधार विकासमन्त्री महम्मद समीर, खेलकुदमन्त्री लखनदास तत्मा, श्रममन्त्री शारदा थापा र शिक्षामन्त्री मनोजकुमार सिंह रहेका छन्।
एमालेको समर्थन फिर्ता र मन्त्रीहरूको राजीनामासँगै मधेस प्रदेश सरकारको राजनीतिक समीकरणमा फेरबदल आएको छ।

