
बाराको जीतपुरसिमरा उपमहानगरपालिका–७ मदरसा टोलबाट प्रहरीले लागूऔषध ब्राउन सुगरजस्तो देखिने पदार्थसहित एक युवकलाई पक्राउ गरेको छ।

विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय जीतपुरबाट खटिएको टोलीले बिहीबार राति करिब ८ः२० बजे २६ वर्षीय इमाम देवानलाई नियन्त्रणमा लिएको हो। प्रहरी टोली इलाका प्रहरी कार्यालय जीतपुरका प्रमुख उमेश निरौलाको कमाण्डमा परिचालित भएको थियो।
प्रहरीका अनुसार युवकको साथबाट प्लास्टिकसहित तौल गर्दा ०.११० ग्राम खैरो पदार्थ बरामद भएको छ। उक्त पदार्थ ब्राउन सुगर नै हो वा होइन भन्ने पुष्टि हुन बाँकी रहेको छ।
बरामद पदार्थ परीक्षणका लागि प्रक्रिया अघि बढाइएको र पक्राउ परेका युवकबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

