Aadarsh-Daily

प्रतिबन्धित गाँजासहित बहुदरमाई नगरपालिकाका ३ जना महिला पक्राउ

ad-4p
content left

श्रीनारायण महत्तो
वीरगंज –सशस्त्र प्रहरीले प्रतिबन्धित गाँजा सहित पर्साको बहुदरमाई नगरपालिकामा बस्ने ३ जना महलालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरीकी ४२ आरती देवी , ४० बर्षीय अनन्ती देवी र ३६ बर्षीय उसमा देवी रहेकी सशस्त्र प्रहरी पर्साले जनाएको छ ।
विशेष सुराकीको आधारमा खटिएको सशस्त्र प्रहरीको टोलीले वीरगंज महानगरपालिका वडा नम्बर ३१ सोलकपूर स्थित जीला जितपुर रंगपुर सडकखण्डबाट पैदल जादै गरेका तिनै जना महिलाहरुलाइ रोकेर चेकजाच गर्दा उनिहरुको साथबाट १४ केजी गाजा बरामद भएको हो ।
पर्साका सशस्त्र प्रहरी उपरीक्षक तेजप्रकास पोखरेलले दिनुभएको जानकारी अनुसार उनीहरुको साथबाट नेपाली रुपैया ११ हजार ५ सय, भारतिय रुपैया १ हजार ७१ र दुइ थान मोबाईल पनि बरामद भएको छ ।
गाजा सहित पक्राउ परेका तीनै जना महिलालाइ आवश्यक अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरिक्षक पोखरेलले जानकारी दिनुभयो ।

content ad p2

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily