Aadarsh-Daily

विदाको निर्णयलाई अवज्ञा गर्न विद्यालयमाथि कारवाही हुन्छ : वीरगञ्ज महानगरपालिका

ad-4p

वीरगञ्ज, १ श्रावन । विदाको निर्णयको अवज्ञा गर्ने विद्यालयलाई कारवाही गरिने वीरगञ्ज महानगरपालिकाले जनाएको छ ।

content ad p2
content left

बढ्दै गएको गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा प्रतिकुल असर पर्न नदिन वीरगञ्ज महानगरपालिकाले घोषणा गरेको गर्मी विदाको निर्णयलाई अवज्ञा गर्ने विद्यालयलाई कारवाही गरिने महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाले जनाएको हो ।

महानगरपालिकाले आज श्रावन १ गतेदेखि २० गतेसम्म वर्ष विदाबाट कटौती हुने गरी विद्यालय बन्दको घोषणा गरेको छ ।
महानगरपालिका भित्र सञ्चालित सम्पूर्ण सामुदायीक तथा संस्थागत (निजि) विद्यालयले अनिवार्य रुपले मान्ने गरी विदा दिने निर्णय भएको शैक्षिक प्रशासन महाशाखाका प्रमुख अरविन्द लाल कर्णले बताए ।

विद्यालय बन्दको निर्णय नमानी विद्यालय सञ्चालन गरेको पाए कारवाही गरिने कर्णले बताए । ‘निर्णय सम्पूर्ण विद्यालयको लागि हो । सामुदायिकको लागि मात्र होइन । अटेरी गर्नेलाई कारवाही गर्छौं,’ कर्णले यात्राडेलीलाई टेलिफोन संवादमा भने, ‘निजि विद्यालयका संगठन प्रमुखहरुलाई यस विषयमा हामीले जानकारी पनि गराएका छौं ।’
यहाँका केही निजि विद्यालयले निर्णयलाई अटेरी गर्दै विद्यालय सञ्चालनमा ल्याएको सूचना आएको छ ।

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily