Aadarsh-Daily

सुगर देखि हाडजोर्नीको दुखाइसम्मका लागि अमृत समान हुन्छ यो फूल ! सबैले जानी राखौं

ad-4p

एजेन्सी । हाम्रो वरिपरिका वनस्पतिबाट हाम्रा पूर्वजहरुले औषधि बनाउँथे र तिनै वनस्पतिको प्रयोगले नै निको पनि हुन्थे । ती वनस्पतिहरुले कुनै नकारात्मक असर पनि नगर्ने हुनाले मानिसहरु स्वस्थ रहन्थे र उनीहरुको आयू पनि लामो हुने गर्थ्यो । हामीले प्रयोग गर्ने औषधि तिनै वनस्पति प्रयोग गरेर बनाइएका हुन्छन् , तर ती औषधिहरुमा रसायन पनि प्रयोग गरिएको हुन्छ जसले गर्दा हाम्रो शरीरमा नकारात्मक असर गर्छ र अरु विभिन्न रोग उब्जाउँछ ।

content ad p2
content left

कनेर एक किसिमको फूल हो । यो हिमाली क्षेत्रमा अर्थात चिसो ठाउँमा पाइन्छ । यो फूल सेतो, रातो, पहेंलो लगायत रंगमा हुन्छ । यो फूल विशेष गुणहरुले भरिपूर्ण फूल हो । यो फूल यति कडा हुन्छ कि, यसको वरिपरि सर्प आउँदैन । सर्प, विच्छी आदि विषालु किराले टोकेको ठाउँमा यो फूल लगाउनाले निको हुन्छ ।

यसको लागि फूललाई मिचेर त्यसको सेतो पदार्थ निकाल्नुपर्छ । किराले टोकेको संगै यस फूलको रसले काटेको, पोलेको लगायत अन्य घाउलाई पनि निको पार्छ । यो फूल हरेक जसो बिमारको लागि औषधि मानिन्छ । करेन फूल मधुमेह जस्तो रोगको लागि पनि औषधि हो । मधुमेह रोग भएका व्यक्तिले यो फूलको रस पिउनाले मधुमेह कन्ट्रोलमा आउन थाल्छ, साथै यसले छाती समबन्धि समस्या पनि कम गरिदिन्छ ।

यो फूललाई लेप बनाएर जोर्नीमा लगाउनाले जोर्नी दुख्ने समस्या कम हुँदै जान्छ । यो रसलाई लगाउने या त फूललाई थिचेर पेस्ट बनाएर अनुहारमा लगाउने गर्नाले अनुहारको जस्तोसुकै दाग पनि हट्छ र अनुहार सफा तथा चम्किलो हुन्छ । अनुहारको साथै कपालको लागि पनि यो फूल औषधि सावित हुन्छ । यो फूललाई केरा र तिल संग मिलाएर लगाउनाले कपाल झर्ने समस्या हट्दै जान्छ । यसको रस कपालमा लगाउनाले कपाल फुल्ने क्रम पनि कम हुँदै जान्छ।

सम्बन्धित खबर

क्टरबाट २ क्विन्टल १३ किलो गाँजा पर्सामा बरामद, तस्कर फरार

Aadarsh Daily

राजीनामा होइन, छिटो महाधिवेशनमा जान गगन थापालाई चन्द्र भण्डारीको सुझाव

Aadarsh Daily

जन्ती बोकेको कार गण्डक नहर नजिक दुर्घटना, चालकको मृत्यु

Aadarsh Daily