Aadarsh-Daily

मधेश प्रदेशमा सवारी दुर्घटनामा वृद्धि, ५ हजार ७ सय ११ सवारी दुर्घटना र ५ सय ८५ जनाले गुमाए ज्यान

ad-4p

वीरगञ्ज १३ साउन । मधेश प्रदेशको आठ वटै जिल्लामा सवारी दुर्घटनामा वृद्धि भएको छ ।

content ad p2
content left

आर्थिक वर्ष ०७६÷७७ मा प्रदेशका ८ जिल्लामा एक हजार ३ सय ४० सवारी दुर्घटनामा ४ सय २० जनाको मृत्यु भएको थियो भने ०७७÷७८ मा तीन हजार ९ सय ८३ सवारी दुर्घटनामा परी ५ सय २३ जनाले ज्यान गुमाएको मधेश प्रदेश ट्राफिक प्रहरी कार्यालय, पथलैयाले जनाएको छ ।

आर्थिक वर्ष ०७८÷७९ मा भएका पाँच हजार ७ सय ११ सवारी दुर्घटनामा परी ५ सय ८५ जनाले ज्यान गुमाएका छन् । यो संख्या आर्थिक वर्ष ०७७÷७८ को सवारी दुर्घटनामा भन्दा ४३.३८ प्रतिशतले बढी देखिएको छ । दुर्घटनामा परी मृत्यु हुनेमा यस पटक यो अवधिमा ११.८५ प्रतिशतले बृद्धि भएको छ ।
जनचेतना भएको तर कानून कार्यान्वयन फितलो भएका कारण सर्वसाधारणले मनपरि गर्ने प्रवृत्ति बढ्दै गएपछि दुर्घटनाको संख्यामा वृद्धि भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेशका प्रमुख ट्राफिक प्रहरी उपरीक्षक नान्तीराज गुरुङले बताए । मधेश प्रदेशमा प्रत्येक आर्थिक वर्षमा करिब पाँच सय जना सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् ।
ट्राफिक प्रहरी कार्यालय मधेश प्रदेश पथलैयाले सवारी दुर्घटना बढ्नुको मुख्य कारण चालकको लापरबाही र तीव्र गति रहेको छ । ट्राफिक नियमको पालना नगरी असावधानीपूर्वक सवारी चलाउँदा बढी दुर्घटना भएको उनले बताए ।
यसरी सवारी दुर्घटना न्यूनीकरण गर्न मातहतका आठवटै जिल्लामा चेकजाँचलाई निरन्तरता दिन उनले निर्देशनसमेत दिए ।

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

चोलेन्द्र जबरा पक्राउ नभएको प्रहरीको दाबी

Aadarsh Daily