Aadarsh-Daily

तिलावे नदिको पक्की पुल बन्यो , बुधबार उद्घाटन

ad-4p

पर्सावासीका लागि ७ वर्ष देखि प्रतिक्षाको विषय बनेको तिलावे नदिको पुल बल्ल बनेको छ । जिल्लाको ग्रामीण भेगलाइ सदरमुकाम वीरगन्जसंग जोड्ने एक मात्र सडकमा रहेको तिलावे नदि माथिको पुल ठेक्का लागेको ७ वर्ष पछि अहिले आएर बल्ल निर्माण सम्पन्न भएको हो ।

content ad p2

नवनिर्मित पुलको उद्घाटन यहि साउन २५ गते बुधबारका दिन संघीय सरकारका भौतिक पुर्वाधार तथा यातायातमन्त्री महम्मद इस्तियाक राइले गर्ने कार्यक्रम रहेको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारले जानकारी गराएका छन् ।

content left

२०७२ जेठ २५ मा पप्पु/लुम्बिनी जेभीले ७ करोड ७१ लाख रुपैयाँमा ३ वर्षमै बनाउने गरी तिलावे खोला पुलको निर्माण कार्यको ठेक्का सकारेको थियो ।हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय वीरगन्जका अनुसार , सम्झौता अनुसार पुल २०७५ जेठ २४ भित्रै ठेकेदारले निर्माण सम्पन्न गर्नुपर्ने थियो ।तर ठेक्का लागेको ७ वर्ष बिति सक्दा पनि विभिन्न कारण देखाउदै ठेकेदार कम्पनिले पटक पटक म्याद थप गराउदै आएको थियो ।

यसअघि अलपत्र परेको पुलको निर्माण कार्य , स्थानीय युवाहरुले पुल निर्माणस्थलमै १ महिना सम्म प्रदर्शन सहितको दबाब दिए पछि गत मंसिरबाट निर्माण कार्य सुचारु भएको थियो ।त्यस बेला ( गत मंसिर २९ गते ) जिल्ला प्रशासन कार्यालय पर्सामा बसेको ठेकेदार सहितको सर्वपक्षिय बैठकले ७ महिना देखि अलपत्र छाडिएको तिलावे पुलको निर्माण कार्य मंसिर १ गते देखि सुचारु गर्ने सहमति गरेको थियो । त्यहि सहमति अननुसार पुन काम सुचारु भएर अहिले तिलावे पुलको निर्माण सकिएको हो ।

निर्माणको ठेक्का सम्झौता २०७३ सालमा भएपनि प्रक्रियागत, प्राविधक र आर्थिक समस्याका कारण पुल निर्माणमा तोकिएभन्दा बढी समय लाग्न पुगेको पप्पु कन्ट्रक्सनका अध्यक्ष सुमीत रौनीयारले बताए । उनले ठेक्का लागेको १८ महिना पछि मात्रै पुलको नक्सा दिएकोले पनि निमर्माणमा समय लागेको बताए ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily