
वीरगञ्ज, ७ पुष । धनुषा र सिरहामा भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनजना युवाको मृत्यु भएको छ ।
धनुषामा विंङ्गर र मोटरसाइकल एकआपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा धनुषाको सहिदनगर नगरपालिका वडा नम्बर ५ धवौली निवासी २० वर्षीय अरुण मण्डल र २५ वर्षीय ज्ञानी मण्डल रहेको धनुषा प्रहरीले जनाएको छ ।

बुधबार साँझ ७ बजेको समयमा धनुषाको बिरेन्द्रबजार महिनाथपुर सडकखण्डको सवैला नगरपालिका वडा नम्बर १० सिमरारी र शहिदनगर नगरपालिकाको हौवाहीको बीच खण्डमा ना. ५ ज ८४४० नम्बरको विंङ्गर र ज ११ प ५४७३ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो । दुबै मृतक मोटरसाइकलमा सवार थिए । एक युवकको घटनास्थलमै र अर्काको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको धनुषाका प्रहरी प्रवक्ता डिएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए । दुबैजनाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको र घटना षियमा थप अनुसन्धान भइरहेको डिएसपी क्षेत्रीले बताए ।
यस्तै मिर्चैयामा बुधबार राति मोटरसाइकशल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मिर्चैया नगरपालिका वडा नम्बर ७ लिखटनेलका ३५ वर्षीय प्रविण तिवारी रहेको प्रहरीले जनाएको छ ।
तिवारीले चलाउँदै गरेको प्रदेश २–०१–००३ प. ६९२२ नम्बरको मोटरसाकल सिरहाको मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित कटारी जाने बाटोमा आफै अनियन्त्रित भएर दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर गम्भीर घाइते भएका तिवारीलाई फुलकुमारी मेमोरियल अस्पताल कर्जन्हा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

