Aadarsh-Daily

निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्छु : गृहमन्त्री लामिछाने

ad-4p
content left

काठमाण्डाै – नवनियुक्त उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने प्रतिबद्धता जनाउनुभएकाे छ ।
आज साेमवार शपथ ग्रहणपछि पदभार सम्हाल्ने क्रममा गृहमन्त्री लामिछानेले पहिलाे निर्णयका रूपमा निर्मला पन्तकाे न्यायका लागि अधिकतम पहल गर्ने बताउनुभएकाे हाे । कञ्चनपुरको भीमदत्त नगरपालिका २ की १३ वर्षीया निर्मला पन्त २०७५ साउन ११ गते उखुबारीमा मृत भेटिएकी थिइन् । चार वर्षदेखि यस प्रकरणमा अनुसन्धान भइरहे पनि केही प्रगति हुन सकेकाे छैन ।उहाँले सबैभन्दा बढी काम गर्नुपर्ने ठाउँ गृह मन्त्रालय भएकाे बताउँदै आफूलाई यही मन्त्रालय राेजेकाे प्रतिक्रिया दिनुभयाे । आफूले सञ्चारकर्मीका रूपमा काम गर्दा गृह मन्त्रालयकाे बारेमा सबैभन्दा धेरै गुनासाे आउने गरेकाे उहाँले सुनाउनुभयाे । आफूले स्वतन्त्ररूपमा कार्यसम्पादन गर्ने उहाँले बताउनुभयाे । मन्त्रिपरिषदमा पनि प्रतिपक्षकाे भूमिका निर्वाह गर्ने लामिछानेले उल्लेख गर्नुभयाे ।
मन्त्री लामिछानेले आफ्नो नागरिकता वा पासपोर्ट अनुसन्धानको काममा कुनै पनि खालको हस्तक्षेप नगर्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । स्वतन्त्र भएर त्याे विषयमा अनुसन्धान गर्न सम्बन्धित निकाय लाग्नुपर्ने र त्यसमा आफूले सक्दो सहयोग गर्ने उहाँको भनाइ थियो ।

content ad p2

सम्बन्धित खबर

जसपा नेपालका नेताहरूलाई एमाले प्रवेश गराउँदै पूर्वमन्त्री प्रदीप यादव को विस्फोटक टिप्पणी—‘कांग्रेस लास र दासको पार्टी बनिसक्यो, अब देश जोगाउने जिम्मा एमालेको काँधमा’

Aadarsh Daily

प्रदीप यादवको अभियानले विपक्षी चकित, वडाध्यक्ष रौनियार एमालेमा प्रवेश

Aadarsh Daily

उम्मेदवारी खारेजविरुद्ध रेशम चौधरीको रिटमा आज सर्वोच्चमा सुनुवाइ

Aadarsh Daily