Aadarsh-Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

ad-4p

काठमाडौं । भोजपुरी फिल्म उद्योगका चर्चित अभिनेता तथा गायक खेसारीलाल यादव ले नेपाल एयरलाइन्सको नक्सा विवादमा व्यंग्यात्मक प्रतिक्रिया दिएका छन् ।

content ad p2

नेपाल सरकारको स्वामित्वमा रहेको नेपाल एयरलाइन्स ले सामाजिक सञ्जालमा सार्वजनिक गरेको एक प्रचार सामग्रीमा भारत प्रशासित जम्मु–कश्मीर क्षेत्रलाई पाकिस्तानको भूभागका रूपमा देखाएपछि विवाद उत्पन्न भएको थियो ।

उक्त विषय सार्वजनिक भएपछि भारतमा तीव्र आलोचना भएको थियो । यसैक्रममा यादवले पनि सामाजिक सञ्जालमार्फत कडा आपत्ति जनाउँदै यस्तो कार्य किन गरिएको हो भन्ने प्रश्न उठाएका थिए ।

content left

विवाद चर्किएपछि नेपाल एयरलाइन्सले बिहीबार बिहान सम्बन्धित पोस्ट हटाउँदै सार्वजनिक रूपमा माफी मागेको छ । एयरलाइन्सले जारी गरेको विज्ञप्तिमा नक्सामा ‘अन्तर्राष्ट्रिय सीमासम्बन्धी गम्भीर त्रुटि’ भएको स्वीकार गर्दै उक्त सामग्री आफ्नो आधिकारिक धारणा नभएको स्पष्ट पारेको छ । साथै, त्रुटिबारे आन्तरिक समीक्षा भइरहेको जनाएको छ ।

माफीपछि यादवले सामाजिक सञ्जाल ‘एक्स’ मा एयरलाइन्सको वक्तव्य पुनःपोस्ट गर्दै व्यंग्य गर्दै लेखेका छन्— “यति गाह्रो अंग्रेजी बुझ्न सकिएन, तर माफी मागिएको जस्तो लाग्यो । भाई हमार !”

यसअघि उनले पोस्ट हटाएर मात्र नपुग्ने, स्पष्ट जवाफ दिनुपर्ने भन्दै प्रतिक्रिया दिएका थिए ।

४० वर्षीय यादवले भोजपुरी फिल्म उद्योगमा ७० भन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन् भने हजारौँ गीतमा स्वर दिएका छन् । ‘मेहन्दी लगा के रखना’ र ‘संघर्ष’ जस्ता फिल्ममार्फत उनी विशेष चर्चामा आएका छन् ।

(स्रोत: नवभारत टाइम्स)

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily