Aadarsh-Daily

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

ad-4p

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले सम्पूर्ण नेपाली तथा विश्व समुदायमा प्रज्ञामय शुभकामना व्यक्त गर्दै विश्वशान्तिको कामना गरेका छन्।

content ad p2

सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले गौतम बुद्धले देखाएको मार्ग दुःख निवारणको मार्ग भएको उल्लेख गरेका छन्। उनले बुद्धका चार आर्य सत्यलाई स्मरण गर्दै भने, “दुःख छ, दुःखको कारण छ, दुःखको निवारण छ र दुःख निवारण गर्ने मार्ग छ। हाम्रो यात्रा त्यस्तै ज्ञानको उज्यालोको खोजमा र समस्या समाधानको दिशामा केन्द्रित हुनुपर्छ।”

content left

प्रधानमन्त्री शाहले अँध्यारोलाई उज्यालोको अभावको संज्ञा दिँदै ज्ञानको महत्वमा जोड दिएका छन्। “जतिबेला उज्यालोको किरणले पाइला टेक्छ, अँध्यारो स्वतः बिलाएर जान्छ,” उनले सन्देशमा उल्लेख गरेका छन्।

उनका अनुसार बुद्धको जन्मले नेपाललाई अहिंसा र शान्तिको पक्षमा उभ्याएको छ। “शान्तिका महान् प्रवर्तक बुद्धको जन्मले हाम्रो भूमि धन्य बनेको छ,” उनले भने।

प्रधानमन्त्री शाहले परम्परागत क्रान्तिको अवधारणालाई फरक ढंगले व्याख्या गर्दै “साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ, र त्यो ‘ज्ञ’ ज्ञान हो” भन्ने सन्देश दिएका छन्।

सन्देशको अन्त्यमा उनले बुद्धको प्रसिद्ध उपदेश “अप्प दीपो भवः” (आफ्नो बाटो आफैं तय गर) स्मरण गर्दै सबैमा सकारात्मक ऊर्जा र ज्ञानको उज्यालो फैलियोस् भन्ने कामना गरेका छन्।

सम्बन्धित खबर

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily

छोटी भन्सार कार्यालय खारेज हुँदा सीमावर्ती क्षेत्रका बासिन्दा मारमा

Aadarsh Daily

सर्वोच्चको आदेशपछि विद्यार्थी संगठन खारेज प्रक्रिया स्थगित

Aadarsh Daily