Aadarsh-Daily

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नद्वारा राजीनामा घोषणा

ad-4p

न्यूजिल्याण्डकी प्रधानमन्त्री जसिण्डा आर्डनले आगामी महिना पदत्याग गर्ने घोषणा गरेकी छन् ।

content ad p2
content left

सन् २०१७ मा ३७ वर्षको उमेर प्रधानमन्त्री भएकी आर्डनले स्वेच्छाले पदत्याग गर्ने घोषणा गरेकी हुन् । प्रधानमन्त्री पदको जिम्मेवारीका कारण आफूलाई मानसिक तनाव भएको भन्दै उनले फेब्रुअरी ७ आफ्नो कार्यकालको अन्तिम दिन हुने घोषणा गरेकी छन् ।

आगामी अक्टोबर १४ मा न्युजिल्याण्डमा आम निर्वाचन हुने तय भएको छ । उक्त निर्वाचनबाट आफू पुनः निर्वाचित हुने सम्भावना रहे पनि त्यसो नगर्ने पनि उनले स्पष्ट पारिन ।
प्रधानमन्त्री बनेपछि देशका ठूला चुनौतीहरु झेलेको र त्यसले आफ्नो परिवारलाई समय दिन नपाएको भन्दै अब पुनः निर्वाचित हुने ईच्छा नरहेको उनको भनाइ थियो ।

अक्टोबरको निर्वाचनपछि नयाँ व्यक्तिले जिम्मेवारी सम्हाल्नु भन्ने आफ्नो चाहना रहेको पनि आर्डनले बताइन । कोभिड कालमा कठोर नीति लिएको भन्दै देशभित्र उनको आलोचना हुँदै आएको छ ।

 

 

सम्बन्धित खबर

पर्सा–२ मा परिवर्तनको आह्वान : रास्वपाका सुशील कुमार कानुले तीव्र पारे घरदैलो अभियान

Aadarsh Daily

पर्सा–१ मा विकासको निरन्तरता : फेरि आवश्यक प्रदीप यादव

Aadarsh Daily

पर्सा–२ को चुनावी मैदानमा रिमा यादव र अजय चौरसियाबीच कडा भिडन्त

Aadarsh Daily