Aadarsh-Daily

राष्ट्रपति निर्वाचनबारे आठ दलले सांसदहरुलाई प्रशिक्षण दिँदै

ad-4p

वीरगञ्ज, १८ फागुन । सत्ता गठबन्धनभित्र रहेका आठ दलले बिहीबार राष्ट्रपति निर्वाचन सम्बन्धमा सांसदहरुलाई प्रशिक्षण दिने भएका छन् ।

content ad p2
content left

नेपाली कांग्रेसको आयोजनामा राजधानीको तीनकुनेमा बिहीबार दिउँसो १ बजे गठबन्धन दलहरुका राष्ट्रिय सभा र प्रतिनिधि सभाका सांसदहरूलाई प्रशिक्षण दिन लागिएको हो ।

राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेलको पक्षमा समर्थन जुटाउन प्रशिक्षण दिने बताइएको छ ।
प्रशिक्षणमा कांग्रेस, नेकपा (माओवादी केन्द्र), जसपा, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोसपा, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् । साथै ८ दलले शुक्रबार सात वटै प्रदेशमा प्रदेश सभा सांसदहरुलाई प्रशिक्षण दिने कार्यक्रम छ ।

यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनमा ८ दलबाट पौडेल र नेकपा (एमाले) बाट सुवासचन्द्र नेम्वाङ उम्मेदवार छन् ।

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily