Aadarsh-Daily

पर्साकाे ग्रामीण भेगबाट विद्युत चाेर्ने ८ जना पक्राउ

ad-4p

वीरगन्ज,१७फागुन : पर्साकाे ग्रामीण भेगमा विद्युत चाेरी गर्ने ८ जना पक्राउ परेका छन् ।

content ad p2
content left

नेपाल विद्युत प्राधिकरण पाेखरिया वितरण केन्द्रबाट खटिएको विद्युत चुहावट नियन्त्रण टाेलीले विन्दवासिनी, सखुवा प्रसाैनी , जिराभवानी र जगरनाथपुर गाउँपालिका विभिन्न गाँउबाट उनिहरुलाई पक्राउ गरेकाे हाे ।

नेपाल प्रहरी र सशस्त्र प्रहरीसंगै मंगलबार राति खटिएको प्राधिकरणकाे टाेलीले विद्युतकाे पाेलमा सिधै तार हुकिङ गरि विद्युत प्रयाेग गरिरहेका बहुअर्वा, लखनपुर, सखुवनिया, हरैया, नाैका टाेला र हरपुरबाट ८ जना घरधनी सहित १ थान फ्रिज नियन्त्रणमा लिएकाे हाे ।

पक्राउ परेकाहरुलाई ईलाका प्रहरी कार्यालय पाेखरियाकाे हिरासतमा राखेर कारबाही प्रकृया अगाडि बढाइएकाे प्राधिकरण पाेखरिया वितरण केन्द्रका प्रमुख जगन्नाथ झाले जानकारी दिए ।

 

सम्बन्धित खबर

नयाँ वर्ष २०८३ आजदेखि सुरु, देशभर हर्षोल्लास

Aadarsh Daily

वीरगन्ज–नगवामा घरमै गाँजा बिक्री गर्दै गरेको अवस्थामा बालक पक्राउ

Aadarsh Daily

वीरगञ्जमा युवकको हत्या, योजनाबद्ध आक्रमणमा चार जना पक्राउ

Aadarsh Daily