Aadarsh-Daily

सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक अरू देशमा छैनन् : रविन्द्र मिश्र

ad-4p

काठमाण्डाै – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्रले सार्वजनिक विद्यालयका शिक्षकलाई राजनीति गर्नबाट रोक्न नसके देश रूपान्तरण सम्भव नरहेको दाबी गर्नुभएको छ ।

content ad p2

मङ्गलवार काठमाण्डाैमा भएको सामुदायिक विद्यालय व्यवस्थापन समितिहरूको प्रथम राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष मिश्रले सरकारी तलब खाएर राजनीति गर्ने शिक्षक, कर्मचारी नेपालबाहेक कुनै पनि देशमा नरहेको बताउनुभयो । उहाँले सरकारी कार्यालयमा सात युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गर्न नसक्ने स्पष्ट पार्नुभयो ।

content left

वरिष्ठ उपाध्यक्ष मिश्रले बुर्जुवा शिक्षा भनेर भाषण गर्दै हिँड्ने नेताहरूले समेत आफ्ना छोराछोरी निजी विद्यालयमा पढाउनु पीडाको विषय भएको बताउनुभयो । उहाँले विद्यालय, विश्वविद्यालयमा राजनीति नगर्न सबै राजनीतिक दलसँग आग्रह गर्नुभयो । उहाँले शिक्षामा राजनीतिककरण गर्नु जघन्य अपराध भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘संसारमा कुनैपनि यस्तो देश छैन, जहाँ सरकारी तलब खाएर, एउटा सरकारी कार्यालयमा सात वटा युनियनको बोर्ड झुन्ड्याएर, राजनीति गरेर शिक्षा प्रणालीले प्रगति गरेको स्थिति कतै पनि छैन । हामी जस्तोसुकै कानुन लिएर आउँ, त्यो कानुनले नै सार्वजनिक विद्यालयका शिक्षकलाई, सरकारी तलब खाने शिक्षकलाई हामीले राजनीतिबाट रोक्न सकेनौँ भने यो देशमा रूपान्तरण सम्भव छैन । हामी सार्वजनिक शिक्षा सुधारको कुरा गर्छाैँ तर हाम्रा छोराछोरीलाई सार्वजनिक विद्यालयमा राख्दैनौँ । देशमा स्कुलको विद्यार्थीलाई राप्रपा बनाएको छ, कांग्रेस बनाएको छ, कम्युनिस्ट बनाएको, प्राध्यापकलाई त्यही छ । म शिक्षाको राजनीतिककरणलाई जघन्य अपराध भन्छु ।’

वरिष्ठ उपाध्यक्ष मिश्रले देशमा सरकारी काम गर्ने कर्मचारीलाई राजनीति गराएर कर्मचारीतन्त्रमा प्रभाव पारेर देश सम्पन्न बन्न नसक्ने बताउनुभयो ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily