Aadarsh-Daily

हरेक जिल्लामा तथ्यांक कार्यालय राख्नुपर्छ : सचिव राया

ad-4p

बिरगंज /   राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव तोयम रायाले तथ्यांकलाई व्यवस्थित बनाउन हरेक जिल्लामा तथ्यांक कार्यालय राख्नुपर्ने बताएका छन् ।

content ad p2

आइतबार राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा बोल्दै सचिव रायाले हरेक स्थानीय तहमा कम्तीमा एउटा गणक राख्नुपर्ने बताए ।

content left

उनले तथ्यांक कार्यालयले स्थानीय तहसम्मको जनसंख्या दिने गरेपनि सम्बन्धित तहले आफ्नो जनसंख्या प्रमाणित गर्ने अवस्था नरहेको भन्दै गणक राखेमा स्थानीय तहको जनसंख्या प्रमाणित गर्न सहज हुने धारणा राखे ।

‘यदि तथ्यांकलाई व्यवस्थित गर्ने हो भने हरेक जिल्लामा तथ्यांक कार्यालय रहनुपर्छ । केही वर्षसम्ममा हरेक स्थानीय तहमा पनि कम्तीमा एउटा गणक भनिराख्नुपर्छ’ सचिव रायाले भने, ‘कुन स्थानीय तहमा कति जनसंख्या छ, हामीले भनेका छौं संख्या । त्यो संख्यासँग मिल्यो कि मिलेन ? स्थानीय तहले हेरिदिने भए त हाम्रो यहाँनिर छुटेको रहेछ यति भनेर भेरिफाइ हुन्थ्यो ।’

राज्य सक्षम हुनलाई तथ्यांक प्रणाली व्यवस्थित हुनुपर्ने भन्दै उनले संघीय सरकारका कर्मचारी घटाएर भए पनि स्थानीय तहमा गणक राख्नुपर्ने बताए ।

उनले राष्ट्रिय परिचयपत्र, मतदाता नामावली, कर, भन्सार, कृषि, श्रम लगायतका निकायहरुसँग आ–आफ्नो तथ्यांक रहेको भन्दै सबै तथ्यांकहरुलाई एकीकृत गर्न आवश्यक रहेको धारणा राखे ।

 

 

सम्बन्धित खबर

बुद्ध जयन्तीमा प्रधानमन्त्री बालेनको सन्देश: “साँचो क्रान्ति ‘ज्ञ’ बाट सुरु हुन्छ”

Aadarsh Daily

नेपाल एयरलाइन्सको नक्सा विवाद : खेसारीलाल यादवको व्यंग्यपछि माफी

Aadarsh Daily

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily