Aadarsh-Daily

आज १ महिनापछि संसद् बैठक सञ्चालनमा

ad-4p

काठमाण्डाै – झन्डै एक महिनापछि प्रतिनिधिसभाकाे बैठक सञ्चालनमा आएकाे छ ।

content ad p2
content left

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएकाे साढे ६० किलाे सुन प्रकरणमा उच्चस्तरीय छानबिन समितिकाे माग गर्दै नेकपा एमालेले साउन १० गतेदेखि संसदमा अवराेध गर्दै आएकाे थियाे । संसदमा भइरहेको अवरोध हटाउनका लागि दलहरूबीच आज बुधवार सहमति भएपछि सदन सञ्चालनमा आएकाे हाे ।

आज बुधवार भएको सहमतिअनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको साढे ६१ किलो सुनको बारेमा अहिले प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले नै अनुसन्धान गर्ने सहमति भएको छ । तर साढे ६० किलो सुनसहित अहिलेसम्म भएका सबै सुन तस्करीको छानबिन गर्न आउँदो असोजको ५ गते एक छानबिन आयोग बनाउने दलहरूले सहमति गरेका छन् ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily