Aadarsh-Daily

 मधेश आन्दोलनमा मारिएकाहरूलाई शहीद घोषणा नगरेकोमा महन्थ ठाकुरको असन्तुष्टी

ad-4p

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेश आन्दोलनमा मारिएका पार्टी नेता, कार्यकर्ताहरूलाई अझै शहीद घोषणा नगरेकोभन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् ।

content ad p2
content left

पार्टी स्थापना दिवसको अवसरमा शनिबार पार्टीको केन्द्रीय कार्यालय बबरमहलमा आयोजित कार्यक्रमपछि उनले सञ्चारकर्मीसमक्ष मधेश आन्दोलनको क्रममा मारिएका पार्टीका नेता, कार्यकर्ताहरूलाई शहीद घोषणा समेत नगरेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका हुन् ।

मधेश आन्दोलनको क्रममा जेल परेका र झुटा मुद्दा लगाइएकाहरूको मुद्दा फिर्ता लिने विगतमा गरिएको सम्झौता पनि तत्काल कार्यान्वयनमा ल्याउन अध्यक्ष ठाकुरले सरकारलाई सचेत गराए ।

उनले सरकारले सो मुद्दा फिर्ता लिने गरी कानुन निर्माणको काम अघि बढाएको जानकारी दिए पनि त्यस अनुसारको काम हुन नसकेको गुनासो समेत गरे ।

 

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily