Aadarsh-Daily

विद्यालय सुचारु नगरे आन्दोलनरत शिक्षकलाई कारबाही गर्ने वीरगन्ज महानगरको चेतावनी

ad-4p

वीरगन्ज महानगरपालिकाले सामुदायिक विद्यालयको पठनपाठन ठप्प पारेर काठमाडौंमा गई आन्दोलन गरिरहेका शिक्षकहरुलाई कारबाही गर्ने चेतावनी दिएको छ ।

content ad p2
content left

बिहीबार महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद पौडेलले एक सूचना जारी गरेर विद्यालयको पठनपाठन नै ठप्प पारेर आन्दोलन नगर्न शिक्षकहरुलाई आग्रह गर्दै यथाशिघ्र विद्यालयमा फर्किएर पठनपाठन सुचारु गर्न आग्रह गरेका छन् । अन्यथा सम्बन्धित विद्यालयका प्रधानाध्यापक स्वंय जिम्मेवार हुने उक्त सूचनामार्फत नै चेतावनी समेत दिइएको छ ।

महानगरको सूचनामा विद्यालयको पठनपाठन नै अवरुद्ध हुने गरी भइरहेको शिक्षकहरुको आन्दोलनप्रति महानगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको भन्दै महानगरपालिकाले विद्यालयको पठनपाठन बन्द हुदाँ संविधान प्रदत्त बालबालिकाको शिक्षा पाउनु पर्ने मौलिक अधिकारबाट बालबालिका बञ्चित भएकोले उक्त मौलिक अधिकारबाट बालबालिकालाई बञ्चित नगराउन आन्दोलनरत शिक्षकहरुलाई सचेत गराएको छ ।

सम्बन्धित खबर

बालिकालाई दुर्व्यवहार र ब्ल्याकमेल गरेको आरोपमा चार जना पक्राउ

Aadarsh Daily

गहवामाई मन्दिरमा खोइँछ भर्न महिलाहरूको भीड

Aadarsh Daily

मधेस सरकारबाट एमाले बाहिरियो, चार मन्त्रीले दिए राजीनामा

Aadarsh Daily