Aadarsh-Daily

पोखरिया विद्युत् प्राधिकरण अगाडि माओवादीको धर्ना र विरोध प्रदर्शन

ad-4p

वीरगञ्ज । पर्साको पोखरियास्थित नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र अगाडि सोमबार नेकपा (माओवादी केन्द्र) का नेता कार्यकर्ताहरूले धर्ना दिएर विरोध प्रदर्शन गरेका छन् ।

content ad p2
content left

नेकपा (माओवादी केन्द्र) पर्साका नेता शिवकुमार साह तेली, सन्तोष पटेल, प्रदीप चौधरी र लालबाबु रामको नेतृत्वमा धर्ना दिँदै प्रदर्शन गरिएको हो ।

विद्युत् प्राधिकरण वितरण केन्द्र पोखरियाका कर्मचारीले सेवाग्राहीसँग अभद्र व्यवहार गर्ने गरेको, सेवाग्राहीलाई धाक धम्की दिने गरेको, शीर्षकमा अनावश्यक शुल्क लिने गरेको, छिनछिनमा लाइन काट्ने गरेको, विद्युत् चोरीको बहानामा विभिन्न व्यक्तिलाई पक्राउ गरी चरित्र हत्या गर्ने गरेकाले विरोध प्रदर्शन गरिएको माओवादी नेता शिवकुमार साह तेलीले बताए ।
दोषी कर्मचारीलाई कारबाहीको माग गर्दै इलाका प्रहरी कार्यालय पोखरियामा उजुरी गरिएको र दोषीलाई कारबाही नभए तथा, कर्मचारीको व्यवहारमा सुधार नभए यसपछि अझ सशक्त आन्दोलनमा उत्रिने चेतावनी पनि तेलीले दिए ।

 

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily