Aadarsh-Daily

आगामी वैशाख दोस्रो साताबाट कक्षा १२ को परीक्षा

ad-4p

वीरगञ्ज । राष्ट्रिय परीक्षा बोर्डले चालू शैक्षिक सत्रमा कक्षा १२ को वार्षिक परीक्षा आगामी वैशाख दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ ।

content ad p2

बोर्डले मङ्गलवार वार्षिक कार्य तालिका सार्वजनिक गर्दै १२ को वार्षिक परीक्षा २०८१ वैशाख दोस्रोदेखि सञ्चालन गरिने सूचना जारी गरेको हो ।

content left

परीक्षाको नतिजा प्रकाशित भएको ४५ दिनभित्र पूरक परीक्षा गर्ने बोर्डको कार्य तालिका छ । नतिजा २०८१ साउन तेस्रो साताभित्र सार्वजनिक गरिनेछ ।

कक्षा १२ को परीक्षा फाराम १ पुसबाट खुलाएर १५ माघभित्र अनलाइनमार्फत बुझाइसक्नुपर्ने कार्य तालिका बोर्डले सार्वजनिक गरेको छ ।

कक्षा ११ को परीक्षा विद्यालयले २०८१ जेठ पहिलो सातामा गर्नुपर्ने बोर्डले सूचनामा उल्लेख गरेको छ । कक्षा ११ को रजिस्ट्रेसन फाराम १५ पुसबाट खुलाएर १५ माघसम्म भर्ने समयावधि तोकिएको छ ।

 

सम्बन्धित खबर

सरकारको कदमको चर्को आलोचना, सांसदहरूसँग सभापति लामिछानेको परामर्श

Aadarsh Daily

आज ४ बजेदेखि तीव्र हावाहुरी, भोलि बिहानसम्म असर

Aadarsh Daily

गाउँ–टोलसम्म पुग्ने लक्ष्यसहित पर्सामा कांग्रेसको ‘जरा अभियान’ शुभारम्भ

Aadarsh Daily