Aadarsh-Daily

वीरगञ्ज हुँदै बारा पुगेको अवैध सामग्रीसहित ट्रक प्रहरीको नियन्त्रणमा

ad-4p

वीरगञ्ज । पर्साको वीरगञ्ज हुँदै बारा पुगेको ट्रकलाई प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ । बिलबिजक भन्दा बढी तथा अवैध सामग्री लोड रहेको पाइएपछि ट्रक बारा प्रहरीले नियन्त्रणमा लिएको हो ।

content ad p2
content left

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जबाट झापा तर्फ जाँदै गरेको ना ३.ख.१४३ नम्बरको ट्रकलाई जितपुरसिमरा उपमहानगरपालिका – १ पथलैयाबाट नियन्त्रण लिएको हो ।

शुक्रवार राति साढे १० बजेको समयमा पथलैया चोकमा ट्रकलाई रोकी चेक जाँच गर्दा बिलबिजक भन्दा बढी र स्रोत खुलाउन नसकेको सामग्रीहरू भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेले जानकारी दिए ।

नियन्त्रणमा लिइएको ट्रकबाट २८ लाख ५० हजार ३ ६३ रुपैयाँ बराबरको खुद्रा सामानहरू बरामद भएको डिएसपी न्यौपानेले बताए । ट्रक र सामग्रीको विषयमा थप अनुसन्धान अगाडि बढाइएको उनले बताए ।

 

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily