Aadarsh-Daily

पर्साको विन्दवासिनी गाउँपालिकामा शिक्षक सरुवा विरुद्धमा विद्यार्थी द्धारा आन्दोलन

ad-4p

वीरगञ्ज । पर्साको विन्दवासिनी गाउँपालिकामा शिक्षक सरुवाविरुद्ध आन्दोलन गर्न सडकमा उत्रेका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका छन् ।

content ad p2

विन्दवासिनी गाउँपालिका – २ बहुअर्वा भट्ठास्थित श्री राधाकृष्ण चौरसिया माध्यमिक विद्यालयको स्वास्थ्य तथा विज्ञान विषयका शिक्षकको सुरवा लगायत पठनपाठनको विषयलाई लिएर विरोधमा उत्रेका विद्यार्थी र प्रहरीबिच झडप हुँदा आधा दर्जन विद्यार्थी घाइते भएका हुन् ।

content left

घाइते भएका विद्यार्थीमध्ये दुई जनाको टाउको चोटपटक लागेको छ भने अन्यलाई सामान्य चोटपटक लागेको प्रहरीले जनाएको छ ।

सरुवा गरिएका शिक्षकलाई पुन: फिर्ता बोलाउनु पर्ने मागसहित कक्षा ९ देखि १२ सम्मका विद्यार्थी विद्यालय घेराउ गर्न गएका थिए । सोही क्रममा प्रहरीले हस्तक्षेप गरेपछि झडप हुँदा विद्यार्थीहरू घाइते भएको बुझिएको छ ।

घाइते हुनेमा कृष्ण मुखिया, विशाल कुमार यादव, अरविन्द पटेल, नीरज यादव, खेम बहादुर गोढ र अनुराग कुमार यादव रहेका छन् । विद्यार्थीहरू अहिले गाउँपालिका कार्यालय घेराउ गर्न पुगेका छन् ।

विद्यार्थीको शान्तिपूर्ण विरोध कार्यक्रममा प्रहरीले गरेको हस्तक्षेपको जनता समाजवादी पार्टी नेपालका युवा नेता मधुसूदन चौरसियाले भर्त्सना गरेका छन् । विन्दवासिनी गाउँपालिकाको अध्यक्षका प्रत्याशीसमेत रहेका चौरसियाले घाइते विद्यार्थीहरूको उपचारको सम्पूर्ण खर्च सरकारले उठाउनु पर्ने भन्दै उनीहरूले उठाएको जायज माग यथाशीघ्र सम्बोधन गर्न माग समेत गरेका छन् ।

 

सम्बन्धित खबर

व्यापारीसँगको अडियो संवाद बाहिरिएपछि वरिष्ठ सईमाथि कारबाही प्रक्रिया

Aadarsh Daily

सुनले तोड्यो नयाँ उचाइ, चाँदीमा गिरावट

Aadarsh Daily

गृहमन्त्री गुरुङमाथि छानबिन माग गर्दै जेनजी मुभमेन्टको दबाब

Aadarsh Daily