Aadarsh-Daily

बाराका एसपी काफ्ले एक्सनमा,जिल्लामा शान्ति सुरक्षा देखि तस्करी नियन्त्रण-तस्करहरु त्रसित ,लागु औषध पक्राउ ।

ad-4p

समाजका अगुवा ,बुद्धिजीवीहरु भन्छन् एउटा घरमा असल ,इमान्दार ,स्वच्छ छबिका अभिभावक छ भने त्यो घरका सदस्यहरु पनि असल ,इमान्दार ,स्वच्छ छबिका हुन्छन्, यो उखान जिल्ला प्रहरी कार्यालय बारासंग मेल खन्छ।

content ad p2

जिल्ला प्रहरी कार्यलय बाराका प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेको बारा जिल्लामा आएका दिनदेखि नै बारामा तस्करी ,चोरी ,लागु औषध तथा अन्य गैरकानुनी कार्यहरू क्रमश शुन्यकरण भएको देखिन्छ ।उनका उत्कृष्ट कार्यसम्पादनका कारण बाराबासिहरु आफुलाई सुरक्षित र शान्तिका अनुभुति गरेका कुरा स्थानीय बुद्धिजीवीहरुले बताएका छन ।

एसपी सुरेश कुमार काफ्ले ईमान्दार,निष्ठावान,सफा छबि र सकारात्मक सोचका प्रहरी प्रमुख भएकाले मातहतका प्रहरी कर्मचारीहरु उनीसंग प्रभावित भइ नयाँ उर्जा र शक्ति थपिएका कारण धमाधम तस्करीका सर-समानहरु तथा अबैध लागु औषधहरु पक्राउ गर्ने ,समाजमा शान्तिसुरक्षा कायम भएको कार्यहरू तीव्रता पाएका अनुभव बाराका स्थानीयवासी तथा बुद्धिजीवीहरुको भनाइ छ।

content left

जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक सुरेश कुमार काफ्लेको निर्देशनमा अबैध घरेलु मदिरा भट्टी नष्ट ,तस्करी नियन्त्रण , लागु औषध नियन्त्रणका लागि प्रहरीले अहिले विशेष अभियान नै चलाएको छ ।

सोही क्रममा कार्तिक १ गते राती ९ बजेको समयमा बाराको वडा न. ०७ सनफुलवा स्थित नेपाल प्रहरी र सशस्त्र  प्रहरीबाट खटिएको संयुक्त गस्ती टोलिले गस्ती जाने क्रममा अज्ञात ४/५ जना व्यक्तिहरुले प्रहरी टोली देख्ने बितिकै साथमा लिएको झोला फाली भारत तर्फ फरार भएको, उक्त झोलाहरू खोली चेकजाँच गर्दा ५ किलोको दरले २५ किलो लागू औषध गाँजा बरामद गरिएको बारा प्रहरीले जनाएको छ।

उक्त सम्बन्धमा थप अनुसन्धान कार्य भईरहेको बारा प्रहरीका सूचना अधिकारी प्र.ना.उ.(डिएसपी) दधिराम न्यौपानेले बताएका छन् ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयको नाउँमा रकम उठाउने एक जना व्यक्तिलाई बारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।

बाराको कलैया उ.म.न.पा.वडा नं. १० मटिअर्वा नाकाबाट अवैध रुपमा करछली गरी LED भित्र्याउने उद्देश्यमले जिल्ला प्रहरी कार्यालय बारामा कार्यरत SP र DSP को नाउँमा तस्करसँग रकम संकलन गरेको अभियोगमा बाराको कलैया उ.म.न.पा. वडा नं. १० मटिअर्वा वस्ने वर्ष ३७ को मनोज कुमार सहनीलाई कार्तिक १ गते पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी गराएको छ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily