Aadarsh-Daily

सुमो दुर्घटनामा १३ भारतीय तीर्थयात्रु घाइते

ad-4p

मकवानपुर । भारतबाट नेपाल घुम्न आएका १३ तीर्थयात्री मकवानपुरमा भएको सुमो दुर्घटनामा परी घाइते भएका छन् ।

content ad p2
content left

मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार इन्द्रसरोवर गाउँपालिका ५, मकैबारीस्थित कुलेखानी-मातातीर्थ काठमाडौं जाने भित्री सडकखण्डमा आज (मंगलबार) बिहान साढे ३ बजे वीरगन्जबाट काठमाडौंतर्फ जाँदै गरेको मधेस प्रदेश ०३-००१ ज ०२८३ नम्बरको सुमो आफैं अनियन्त्रित भई दुर्घटना भएको हो ।

सुमो सडकबाट अन्दाजी २० मिटर तल खोल्सामा खसेको र सुमो चालक बारा जिल्लाको कलैया नगरपालिका २१ बस्ने २५ वर्षीय अनिलकुमार साह प्रहरीको नियन्त्रणमा छन् । सुमोमा यात्रारत घाइते सबै भारतीय तीर्थयात्रु हुन् । उनीहरु सबैलाई उपचारका लागि काठमाडौं पठाइएको छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily