Aadarsh-Daily

बिपिसीमा एक विद्यार्थीले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको प्रयास

ad-4p

वीरगञ्ज । वीरगञ्जस्थित वीरगञ्ज पब्लिक कलेज (बिपिसी) मा अध्ययनरत एक विद्यार्थीले क्याम्पसकै भवनबाट हाम फालेर आत्महत्याको असफल प्रयास गरेका छन् ।

content ad p2

कलेजको कक्षा १२ मा अध्ययनरत करिब १८ वर्षीय युवक राजीव महतोले बुधवार बिहान ७ बजेको करिबमा क्याम्पसको तेस्रो तल्लाबाट हाम फालेर आत्महत्याको प्रयास गरेको बुझिएको छ ।

बाराको विश्रामपुर गाउँपालिका – ५ नकटुवा निवासी महतोको अहिले वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पतालमा उपचार भइरहेको पर्साका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले जानकारी दिए ।

content left

एसपी शाहका अनुसार महतोको खुट्टा भाँच्चिएको छ भने उनको चिउँडो र हातमापनि गम्भीर चोट लागेको छ । यद्यपि उनी अहिले खतरामुक्त छन् ।

क्याम्पस प्रमुख हरि तुलाधरका अनुसार छिमेकी एक महिलाले बिहान क्याम्पस भवन पछाडिको खाली जग्गामा महतो लडेको अवस्थामा देखेर शिक्षक र विद्यार्थीहरूलाई खबर गरेकी थिइन् । त्यसपछि क्याम्पसका विद्यार्थी र कर्मचारीले महतोलाई उद्धार गरी नजिकको प्रभु अस्पतालमा पुर्‍याएका थिए ।

प्रभु अस्पतालमा उनको उपचार सम्भव नभएपछि थप उपचारका लागि बयोधा अस्पतालमा ल्याइएको तुलाधरले जानकारी दिए । महतो अहिले खतरामुक्त रहेको उनले बताए ।

महतोले किन र कसरी हाम फालेका हुन् भन्ने विषयमा अनुसन्धान भइरहेको एसपी शाहले बताए । पारिवारिक समस्याका कारण उनले आत्महत्याको प्रयास गरेको हुनसक्ने स्रोतको भनाई छ ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily