Aadarsh-Daily

सर्वोच्चले भन्यो– विचाराधीन मुद्दामा अल्प सूचनाका आधारमा समाचार नदिनू

ad-4p

सर्वोच्च अदालतले अदालतमा विचाराधीन मुद्दामा अल्प सूचनाको आधारमा समाचार प्रकाशन र प्रशारण नगर्न सबै सञ्चारमाध्यमलाई निर्देशनात्मक आदेश जारी गरेको छ ।

content ad p2
content left

रिगल ढकाललाई राष्ट्रपतिबाट भएको कैद माफी मिनाहा खारेज गर्दै जारी गरेको आदेशमा सर्वोच्च अदालतले भनेको छ, “अदालतमा विवादले प्रवेश पाएपछि मुद्दा विचाराधीन रहेको अवस्थामा कतिपय विवादका सन्दर्भमा सर्वसाधारणमा अनावश्यक शंका, उपशंका, भ्रम प्रदा हुने गरी विभिन्न सञ्चारमाध्यमहरुमा समाचार सम्प्रेषण हुने गरेको सिलसिला प्रस्तुत विवादका सन्दर्भमा पनि कायम रहेको देखिएको छ ।”

अदालतले अन्य मुद्दामा पनि यसैगरी सञ्चारमाध्यममा अल्पसूचनाका आधारमा समाचार प्रशारण भइरहेकोतर्फ सचेत गराउँदै भनेको छ, “यस प्रकारको प्रवृत्तिप्रति यस इजलासको ध्यानाकर्षण भएको छ । न्यायिक प्रक्रियामा रहेका विषयमा अनावश्यक र भ्रमपूर्ण सूचना, जानकारीहरु प्रचार प्रसार गरिएका विषयलाई कुनै सन्दर्भमा कानुनी दायरामा ल्याउनुपर्ने अवस्थासमेत रहन सक्तछ । त्यसैले, विचाराधीन मुद्दाको विषय वस्तुलाई लिएर अल्प सूचनाको आधारमा समाचार प्रकाशन–प्रशारण नगर्न, नगराउन र अदालतको न्यायिक प्रक्रियामा सहयोग गर्न सबै सञ्चार माध्यमलाई अनुरोध गर्नु भनी सर्वोच्च अदालत प्रशासनका नाममा निर्देशनात्मक आदेश जारी हुने ठहर्छ ।”

 

सम्बन्धित खबर

धोबिनीमा वृद्धाको हत्या र डाँका प्रकरणमा तीन जना पक्राउ

Aadarsh Daily

पूर्वप्रधानन्यायाधीश जबरा आफन्तको जिम्मा लगाइए

Aadarsh Daily

लालबकैया नदीमा बेपत्ता युवकको शव २७ घण्टापछि भेटियो

Aadarsh Daily