Aadarsh-Daily

पर्सामा नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष सहित सयौं जना जनता समाजवादी पार्टीमा प्रवेश 

ad-4p

पर्सामा नेपाली कांग्रेसबाट निर्वाचित पूर्व वडाध्यक्ष सहित सयौं जना जनता समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।पर्सागढी नगरपालिका वडा नम्बर ८ का पूर्व वडाध्यक्ष किशुनदेव यादवसहित एक सय भन्दा बढी जसपामा प्रवेश गरेका हुन् ।

content ad p2
content left

शुक्रबार पर्सागढी ८ मा जसपाले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पूर्वमन्त्री तथा सांसद प्रदीप यादव र वीरगन्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले पूर्व वडाध्यक्ष यादवसहितका नवप्रवेशीलाई अबीर टिका लगाएर पार्टीमा स्वागत गरे ।

पूर्वमन्त्री तथा जसपाका प्रमुख सचेतक यादवको प्रमुख आतिथ्यता एंव वीरगन्जका मेयर सिंहको विशिष्ट आतिथ्यतामा भएको कार्यक्रममा जसपाका जिल्ला जिल्ला अध्यक्ष तथा बहुदरामाई नगरपालिकाका मेयर सिंगासन साह तेली , जसपाका जिल्ला सचिव उमेशलाल सहनी ,वीरगन्ज महानगर अध्यक्ष ईश्वरचन्द्र यादव , नेता प्रेमबाबु पटेल , पर्सागढी नगरपालिकाका वडाध्यक्ष रामबढाई यादव , गाँउकार्यपालिका सदस्य असलम आलम लगाय लगायतकोपनि सहभागीता थियो ।

कार्यक्रमको अध्यक्षता जसपाका पर्सागढी नगर अध्यक्ष खुर्शीद आलमले गरेको जसपाका नेता भुषण यादवले जानकारी दिए ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily