Aadarsh-Daily

पटेर्वा सुगौलीका इन्सपेक्टर रामराजा  केसरीको मिलोमतोमा तस्करी फस्टाए

ad-4p

बीरगंज २८ । चाडपर्वको मौका छोपी पर्सा जिल्लाको विभिन्न खोलाहरू बाट नदीजन्य पदार्थहरूको अबैध  उत्खनन गरी तस्करी भइरहेको छ।

content ad p2

खासगरी बिरगंज महानगरपालिका  वडानम्बर ३१अन्तर्गत

पर्ने भेडा खोला र पर्सागढी नगरपालिका अन्तर्गत पर्ने सिघाइ,कर्जनीया खोला तथा सखुवा प्रसौनी गाउँपालिका अन्तर्गत पर्ने जमुनिया खोलाबाट बढी तस्करी भइरहेको छ।

चाँडपर्व आएपछि यसअन्तर्गत पर्ने इलाका प्रहरी कार्यालय पटेर्वा सुगौली का इन्सपेक्टर रामराजा  केसरीको मिलोमतोमा तस्करी फस्टाएको हो।

इन्सपेक्टर केसरी ले घुमुवा परिचालन गरी तस्करहरुलाई संरक्षण गरी उनीहरूसँग मोटो रकम उठाउने कार्य गरिरहेका छन्।

एक तस्करले नाम उल्लेख नगर्ने सर्तमा उसले बताएको छ कि बालुवा गिटी को प्रति टे्क्टर एक हजार र एउटा साला को गोलाई पाच सय दररेट तोकिएको छ।

content left

भारतबाट ल्याइएका अवयव भैसी रांगा तथा सख्खरको महिनवारी घुमुवा हरु  उठाउन।

तस्करका अनुसार बालुवा गिट्टी तथा काठ तस्करी गर्नकोलागि हामीहरुले कुनै चौकी सँग समन्वय गर्नु पर्दैन चौकी हरुले पक्राउ गरेमा आखिरमा उनीहरुले पनि इलाकालाई नै बुझाउने कार्य गर्छन् त्यसैले हामी सिधा इन्सपेक्टर  संग नै समन्वय गरी आफ्नो काम गर्छौ।

इन्सपेक्टर रामराजा केसीले सञ्चालन गरेका घुमुवा उदय बिक , श्रवण यादब , सिकेन्द्र साह, पैसा दिने गर्छौं।

केही दिन पहिला ईलाका प्रहरी कार्यालय मातहत अन्तर्गत बाटै  पर्सौनी गाउँपालिका  नगरप्रमुख यस्वन्त यादवले अबैध उत्खनन गरी ल्याउँदै गरेको बालुवा र ट्याक्टरलाई नियन्त्रणमा लिएका थिए नियन्त्रणमा लिईएको ट्याक्टर प्रहरी चौकी मा बुझाएका थिए।

सुरक्षाकर्मी हुँदाहुँदै जन प्रतिनिधिहरूले अवैध कारोबार गर्नेहरुलाई नियन्त्रणमा लिनु पर्ने बाध्यता रहेको छ।

जुन टे्क्टर साहु  ईलाका प्रहरी कार्यालय सँग समन्वय गर्दैनन् तिनीहरूलाई पक्राउगरी इलाका प्रहरी कार्यालयले जरिवाना गर्ने गरेको स्थानियहरु बताउँछन्।

२  दिन पहिला इलाका प्रहरी कार्यालयका घुमुवा हरुले पर्सागढी नगरपालिका वडा नं ४ टोल छौटैली बाट प्रदेश०२ – ०३ -००१  त १०८  नम्बर को  बालुवा सहितको ट्याक्टर नियन्त्रणमा लिई प्रहरी चौकी बढनिहार मा बुझाएका छन्।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily