Aadarsh-Daily

चितवनमा तस्करले मारे २ गैँडा

ad-4p
content left

चितवन राष्ट्रिय निकुञ्जमा दुईवटा एकसिङ्गे दुर्लभ गैँडा मारिएको छ। तिहारको समय पारेर तस्करहरूले निकुञ्जको पूर्वी क्षेत्रको चप्परखोरी भन्ने ठाउँमा दुईवटा पोथी गैंडा मारेका हुन्।
चितवन राष्ट्रिय निकुञ्जले एउटा १८ वर्षको र अर्को ५ वर्षको पोथी गैँडा तस्करले मारेको बताएको छ।
तस्करले दुईवटा अलग–अलग खाल्डोको धरापमा पारेर गैँडा मारी खाग र खुर काटेर लगेको पाइएको छ। गैँडा एक हप्तादेखि १० दिन अगाडिको बीचमा मारेको हुनसक्ने आशंका गरिएको छ।
एक सय मिटरको फरकमा दुईवटा खाडल बनाएको र खाडलको माटो टाढा लगेर फालेको छ। व्यावसायिक व्यक्तिहरूले ठूलो योजना बनाएर गैँडा मागरेको पाइएको हो।,
गैँडा मारिएको स्थान मानिसहरूको चहलपहल तथा सेनाको समेत गस्ती हुने क्षेत्र हो। सन् २०१५ मा गणना गर्दा नेपालमा ६४५ एकसिङ्गे दुर्लभ गैँडा रहेकामा सन् २०२१ मा गरिएको गणनामा १०७ ले बढेर ७५२ पुगेको थियो।

 

 

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily