Aadarsh-Daily

सहयात्री बचत तथा ऋण सहकारी संस्थाको १६ औ बार्षिक साधारण सभा सम्पन्न

ad-4p
content left

पर्सागढी ! पर्सागढि नगरपालिका वार्ड नं ४ टोल सबैया मा रहेको सहयात्री बचत तथा ऋण सहकारी संस्था लि ले सहकारी दिगोपन स्वनियम र सुशासन मुल नाराका साथ संस्था कि अध्यक्ष गोमा कुमारी उप्रेती को अध्यक्षता मा १६  औ बार्षिक साधारण सभा सम्पन्न भएको छ।

content ad p2

कार्यक्रममा बार्षिक प्रगति प्रतिवेदन संस्था कि अध्यक्ष गोमा कुमारी उप्रेती ले प्रस्तुत गरेका थिइन् ।
संस्था को शेयर पूँजी १००००००० .०० रहेको छ भने छव करोड पन्ध्र लाख एकइसहजार तीर सठि रहेको छ ।
कार्यक्रममा प्रमुख अतिथि नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा क्षेत्र नं २  का माननीय संसद अजयकुमार चौरसिया यो संस्था ले अझै उन्नति प्रगति गरोस् भन्ने हाम्रो चाहना रहेको छ।
यो संस्था पर्सा जिल्लाको संस्था हरु मध्ये प्रथम संस्था बनोस् हाम्रो चाहना रहेको छ ।
यो संस्था को ब्यवस्थापन राम्रो रहेको ले आज सम्म यो संस्था संचालन मा रहेको छ ।
ब्यवस्थापन समितिका पदाधिकारी हरु ले लगानी गर्दा ध्यान दिएर लगाउनुपर्छ मान्छे ले एक एक पैसा जम्मा गरेर बचत गर्छन कि भोली को दिन आफु र आफ्नो परिवारको जिबिका राम्रो चलाउन सकिने छ।
प्राय जसो सहकारी संचालक हरु अहिले सर्वसाधारण को पैसा लिएर भागिरहेका छन ।त्यस मुख्य कारण नै राम्रो ठाउँ मा त्र्टणा लगानी नगर्नु ब्यवस्थापन समिति राम्रो नरहनु त्यसैले संस्था खोल्नु ठुलो कुरा होइन त्यस लाई चलाउनु ठुलो कुरा रहेको मन्तव्य प्रमुख अतिथि ले ब्यक्त गरेका थिए।
कार्यक्रममा बिशिष्ट अतिथि प्रदेश सभा सदस्य श्याम पटेल संसदीय बिकास को पैसा अदालत ले चलाउन आदेश गरेमा यो संस्था ले निर्माण गरेको अधुरो भवन बनाउन सक्दो सहयोग गर्ने मन्तब्य ब्यक्त गरेका थिए। त्यसैगरी बिशिष्ट अतिथि नगर प्रमुख गोकर्ण पाठक नगर पालिका भित्र रहेका सहकारी मध्ये यो सहकारी एक नम्बर स्थान मा रहेको छ ।यो भन्दा पनि धेरै पुरानो सहकारी संस्था हरु नगरपालिका मा छन् तर यस्तो व्यवस्थापन नरहेको कारण आज सम्म प्रगति गरेको छैन ।
यस्तो प्रगति गरेको संस्था आफ्नो नगरपालिका भित्र रहेको छ भने हामी लाई पनि गर्भ लागि रहन्छ ।
त्यसैले नगरपालिका ले सक्दो सहयोग गर्ने
मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा रेडक्रस सोसाइटी मधेश प्रदेश का अध्यक्ष फुलमहद मिया, पर्सा जिल्ला सहकारी संस्था अध्यक्ष राजेश पंडित , संस्था व्यवस्थापक बिरेन्द्र राज कंडेल ,,पुर्व वडा अध्यक्ष बेदमन दास थारु, सुकमान तामाङ , शेष खुरसेद , लेखा प्रमुख संजय परियार लगायत सहभागिता रहेको थियो भने स्वागत मन्तव्य कोषाध्यक्ष प्रतिमा मानन्धर ले गरेका थिइन् सहजिकरण संस्था को सचिव शिवनाथ यादबले गरेका थिए

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily