Aadarsh-Daily

आज देखि वीरगञ्ज महानगरपालिका द्धारा १७ वटा समिति खारेज

ad-4p

वीरगन्ज । वीरगञ्ज महानगरपालिकालाई व्यवस्थित रुपमा सञ्चालन गर्न गठित जनप्रतिनिधि तथा कर्मचारी सम्मिलित १७ वटा विभिन्न समिति आजदेखि लागु हुने गरी खारेज गरिएको छ ।
बीरगंज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंहले आज एक विज्ञप्ति जारी गर्दै महानगरपालिकामा विभिन्न समयमा गठित समितिहरू आजैको मितिदेखि खारेज गरिएको जनाइएको छ ।

content ad p2
content left

नगर प्रमुख सिंहको हस्ताक्षरमा जारी विज्ञप्तिमा ‘वीरगञ्ज महानगरपालिका अन्तर्गत कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागितामा विभिन्न समितिहरू गठन भएको थियो, त्यो सबै समितिहरू आजैको मितिदेखि लागू हुने गरी खारेज गरिएको बेहोरा जानकारी गराइन्छ’ भनिएको छ ।

वीरगञ्ज महानगरपालिकामा कर्मचारी तथा जनप्रतिनिधिहरूको सहभागितामा १७ वटा समितिहरू गठन भएको थियो ।

 

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily