Aadarsh-Daily

अदालतको आदेश लत्याएर फरार अपराधीलाई असई तिवारीको संरक्षण ।

ad-4p

वीरगन्ज । जिल्ला अदालत र जिल्ला प्रहरी कार्यालय पर्साले चाँसो देखाएर किर्ते मुद्दा दायर गरेको मुद्दाका फरार अभियुक्तमा रहेका बहुदरमाई नगरपालिका वडा नं २ का वडा अध्यक्ष जितेन्द्र पटेल र स्थानिय संगीत यादवलाई प्रहरीले संरक्षण गर्दै आएको छ ।

content ad p2

फरार अपराध मध्ये विकाश यादवले मुद्दा मिलाउन केहि दिन अगाडी पर्साका एक अधिवक्तालाई लिएर जिल्ला प्रहरी कार्यालय पर्सामा पुग्दा उनलाई प्रहरीले पक्राउ गरे पनि वडा अध्यक्ष जितेन्द्र पटेल र विकाश यादवको श्रीमती संगीत यादवलाई पक्राउ गर्न प्रहरीले आनाकानी गरेको प्रमाण हामीलाई फेला परेको छ ।

जिल्ला अदालत पर्सा र जिल्ला प्रहरी कार्यालय पर्साले चासो देखाएर पक्राउ गर्न निर्देशन दिए पनि प्रहरी चौकी बिन्दबासिनीका प्रहरी सहायक निरीक्षक नवलेश तिवारीले अटेरी गर्दै आएका छन् ।

content left

प्रहरी सहायक निरीक्षक तिवारीले उनलाई सुराकी देखि मुद्दाको पुरै सूचना दिँदै आएका छन् । वडा अध्यक्ष पटेल र प्रहरी सहायक निरीक्षक तिवारीको फोनको विवरण देख्दा पुरै प्रमाण सार्वजनिक हुनेछ भने उनी आज पक्राउ गर्न गएपनि वडा अध्यक्ष पटेलसंग कुराकानी गरी फर्किएका छन् ।

प्रहरी सहायक निरीक्षक तिवारीले पक्राउ गर्न गएको बेला भगमभग नै भएको बताउँछन् तर फोटो हेर्दा त्यस्तो केही देखिएको छैन । वडा अध्यक्ष पटेल र प्रहरी सँगै उभिएर कुरा गरेको प्रष्ट देख्न सकिन्छ । जिल्ला अदालत पर्साले १२ गते नै पक्राउ अनुमति दिएपनि हालसम्म उनलाई प्रहरी सहायक निरीक्षक तिवारीले बचाउ गर्दै आएका छन् ।

आर्थिक चलखेल गरेर प्रहरी सहायक निरीक्षक तिवारीले पर्सा प्रहरी प्रमुख कोमल शाहको निर्देशनलाई लत्याएर फरार अपराधी पटेलको बचाउमा लागेका हुन् । अदालतले पटेल र यादवलाई पक्राउ गरेर बुझाउन सक्ने प्रावधान रहेको भनी पक्राउ अनुमति दिए पनि असई तिवारीले आनाकानी गरेर बचाउमा लागेका छन् ।

वडा अध्यक्ष पटेलले अधिकार दुरुपयोग गरी नक्कली कागजात बनाएर विकास प्रसाद यादवको श्रीमतिलाई कान्छी आमा बनाएर विगत पाँच बर्षदेखि श्रीमानको सरकारी जागिर वापत पाउने पेन्सन खुवाउँदै आएको घटना बाहिर आएपछि किर्ते मुद्दामा मुछिएका अभियुक्तलाई नेपाली कांग्रेसका पर्साका नेताहरु पनि संरक्षण गर्दै आएका छन् ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily