Aadarsh-Daily

नेपालको अर्थतन्त्रमा जलवायु परिवर्तनले वातावरण र मानवतामा ठूलो क्षति पुगेको छ : राष्ट्रपति पौडेल

ad-4p

। राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनको प्रभाव न्यून गरी मानिसको जीवन सहज बनाउनु प्रमुख चुनौती भएको बताएका छन् ।

content ad p2

मंगलबार ललितपुरमा इसिमोड नामक संस्थाले गरेको कार्यक्रममा राष्ट्रपति पौडेलले नेपालमा हिउँ पग्लिने, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले तहसनहस बनाएको बताए ।

content left

‘आज हाम्रा सामु हिमालमा हिउँ पग्लिएको, हिमाल फुट्ने, पहाडमा पहिरो जाने र दक्षिण तटमा बाढीले गर्दा जलवायु परिवर्तनजन्य घटनाका कारण अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी नोक्शानी भोगिरहेको छ’, राष्ट्रपति पौडेलले भने, ‘नेपाल जस्ता मुलुकले हरित गृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनमा शून्य सरह योगदान गरेपनि यहाँ जलवायु परिवर्तनको प्रभाव अत्याधिक छ ।’

उनले जलवायु परिवर्तनजन्य घटनाका कारण देशको अर्थतन्त्र, वातावरणीय प्रणाली र मानवतालाई ठूलो हानी पुगेको पनि बताए ।

‘जलवायु परिवर्तनको प्रभावलाई न्युनिकरण गर्न तयार पारिएका वित्तीय र प्राविधिक सहयोगको मुख्य हकदार नेपाल लगायत जलवायु परिवर्तनको प्रभावको मारमा परेका मुलुकहरु हुन् । यस क्षेत्रको जलवायु परिवर्तन वातावरणीय र जैविक विविधताको ह्रासबाट हुने प्रभावहरु राष्ट्रिय सीमानाभित्र नभइ सीमापारी र विश्वस्तरमा समेत पर्न जान्छ’, उनले भने ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily