Aadarsh-Daily

प्रेस चौतारी पर्साको बिशेष अधिवेशन पुस १३ मा , भण्डारीको संयोजकत्वमा मुल तयारी समिती गठन

ad-4p
content left

वीरगंज, मंसिर २५
प्रेस चौतारी नेपाल पर्साको विशेष अधिवेशन पुस १३ गते वीरगंजमा गर्ने निर्णय भएको छ । पर्सा संयोजक श्याम बन्जाराको अध्यक्षतामा आज होटल गेटवेमा बसेको बैठकले सो निर्णय गरेको हो । बैठकले अधिवेशन सम्पन्न गर्न तुलसी भण्डारीको संयोजकत्वमा ७ सदसिय मुल तयारी समिती गठन गरेको छ । तयारी समितीमा राजन रौनियार, कृष्णा कुशवाहा, संतोष पटेल, राकेश साह,अखलेश प्रसाद साह र एस.के चौरसिया रहेका छन । साथै बैठकले सदस्यता नविकरणका लागि राकेश साह, पन्नालाल साह, आरोहण साह र आनन्द पटेल सदस्य रहेको उप समिती समेत गठन गरेको छ । पर्सा संयोजक श्याम बन्जाराको अध्यक्षतामा सम्पन्न बैठकमा चौतारीका केन्द्रिय सदस्य एवं मधेश प्रदेशका सह ईन्र्चाज के.सि. लामिछाने,चौतारीका तुलसी भण्डारी,कविता खड्का,संतोष पटेल,राकेश साह,राजन रौनियार,मन्सुर खान, नितेश कर्ण, प्रकाश तिवारी, उर्मिला सापकोटा,अखलेश साह, आरोहण साह, आनन्द पटेल,पन्नालाल साह,एस.के चौरसिया, कृष्णा कुशवाहाको उपस्थिती रहेको थियो ।

content ad p2

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily