Aadarsh-Daily

बाराको नौतनमा श्री छाँया बचत तथा ऋण सहकारी संस्थाको नया भवनको उद्घाटन

ad-4p

बारा । बाराको परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा रहेको श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले नयाँ भवनबाट सेवा दिन सुरु गरेको छ ।

content ad p2
content left

बिगत ४ साल देखि परवानीपुर चौक स्थित श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडले ग्राहकहरुलाई सेवा दिदैआइ रहेका थिए र आफनो अर्को न्या भवन परवानीपुर गाउँपालिका वडा नम्बर ५ नौतनमा सोमबार उद्घाटन गरिएको छ ।

श्री छाँया बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १० औं वार्षिकोत्सवको अवसर पारेर संस्थाका अध्यक्ष रोशन कुमार गुप्ता र प्रमुख अतिथी हरेराम पटेलले संयुक्त रूपमा भवनको उद्घाटन गरेका हुन् ।

यस कार्यक्रममा रितिका साह , सोभा,  अर्जुन पासवान , सिधान्त पटेल, कृति चौरसिया र सयौं शेयरधारक तथा संचारकर्मी रामनिवास पटेल , उपेन्द्र साह लगाएतका उपस्थिति रहेको थियो। ग्राहकहरुलाई अझै स्तरीय सेवा प्रदान गर्ने हेतुले न्या भवनको निर्माण गरिएको संस्थाका CEO चन्दन गुप्ताले जानकारी दिएका छन् ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily