Aadarsh-Daily

सिरहाबाट ब्राउनसुगरसहित दुई युवक पक्राउ

ad-4p

सिरहा । सिरहाबाट लागूऔषध ब्राउनसुगरसहित दुई युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहाको मिर्चैया नगरपालिका ५ का १८ वर्षीय रुपेश पासवान र २४ वर्षीय कृष्णा कुमार यादव रहेको सिरहाका प्रहरी प्रवक्ता डिएसपी रविन्द्रराज पाण्डेले जानकारी दिए ।

content ad p2
content left

उनका अनुसार दुबैजनाको साथबाट एक ग्राम ७२ मिलग्राम ब्राउनसुगर बरामद भएको छ । बुधबार अपराहन्न साढे ४ बजेको समयमा सिरहा नगरपालिका १७ माडर बसपार्कमा ईलाका प्रहरी कार्यालय माडरको टोलिले शंका लागेर चेकजाँच गर्दा दुबैजनालाई ब्राउनसुगरसहित पक्राउ गरेको हो ।

दुबैजनामाथि थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ ।

सम्बन्धित खबर

आफ्नै बाबुबाट बलात्कृत हुँदै आएकी बालिकाको उद्धार, बाबु प्रहरी नियन्त्रणमा

Aadarsh Daily

अमेरिकाले जर्मनीबाट ५ हजार सैनिक फिर्ता गर्ने तयारी, ट्रम्प–मर्ज विवादले बढायो तनाव

Aadarsh Daily

संस्कृत विश्वविद्यालयका उपकुलपति धनेश्वर नेपालको राजीनामा,

Aadarsh Daily