Aadarsh-Daily

३० लाख धरौटीमा बालकृष्ण खाँणलाई छाड्न आदेश

ad-4p

वीरगञ्ज । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्व गृहमन्त्री बालकृष्ण खाँणलाई थुनामुक्त गर्न अदालतले आदेश दिएको छ । उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले उनलाई ३० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।

content ad p2
content left

बिहीबार भएको मुद्दाको निर्णायक सुनुवाइ सकिएपछि न्यायाधीश कोइरालाले यसअघि १५ मङ्सिरमा न्यायाधीश जनक पाण्डेले दिएको आदेशलाई सदर गरेका हुन्। 

खाँणलाई धरौटीमा रिहा गर्ने या थुनामै राख्नेबारे १५ मङ्सिर मा उच्च अदालतको संयुक्त इजलासमा दुई जना न्यायाधीशहरू जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि आज तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ भएको हो ।
पाण्डेले ३० लाख धरौटीमा छाड्न आदेश गरेका थिए । तर, खरेलले उनको संलग्नता अरू सरह नै देखिएको भन्दै छाड्न अस्वीकार गरेपछि खाँणको मुद्दा तेस्रो न्यायाधीशको हातमा गएको थियो ।

सम्बन्धित खबर

इतिहासकै ठूलो मूल्यवृद्धि: निर्माण क्षेत्रमा संकट, ३७ अर्ब घाटामा पूर्वाधार मन्त्रालय

Aadarsh Daily

मधेशमा नयाँ सत्ता खेल: मुख्यमन्त्री यादव आज विश्वासको परिक्षामा

Aadarsh Daily

बहुदरमाइ–४ मा १०० बालबालिकालाई निःशुल्क ब्याग वितरण

Aadarsh Daily